जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा ढुक्क छु : कोशी प्रदेश प्रहरी खापुङ

बिराटनगर । संखुवासभाको पाँचखपन नगरपालिका-७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नव-निर्मित भवनको समुदघाटन भएको छ । बिहिबार आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गर्नु भई नव-निर्मित ७ कोठे भवनको समुद्घाटन गरेका छन् ।

भवनको समुद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन प्रहरी नायव महानिरीक्षक खापुङले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उक्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश र उर्जा बढेर जाने बताए ।

सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गरे । उनले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन समेत दिए ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले इलाका प्रहरी कार्यालय वानाको नव निर्मित भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्नु हुने स्व. ललित बहादुर दर्जीको छोरा झलक दर्जी (प्रतिनिधि), तथा भवन निर्माण कम्पनी कार्की बन्धु/ अमर जेभिलाई कदर पत्रले सम्मान गरेका थिए ।

भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभवहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो । उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल