श्रीमतीद्वारा बन्चरो प्रहार गरी श्रीमानको हत्या

सांकेतिक तस्वीर

नेपालगन्ज । घरायसी झगडमा बाँकेको खजुरा गाउपालिका वडानं. ६ गिजरामाश्रीमतीले धारिलो हतियारबञ्चरोले प्रहार गरेर श्रीमानको हत्या गरेकी छन् ।

जिल्लाप्रहरी कार्यालय बाँकेकाप्रवक्तातथाप्रहरी नायवउपरीक्षक सुवाश खड्काले दिएको जानकारी अनुसार आइतबार दिउँसो सवा ३ बजे घरायसी विवाद हुँदा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई बञ्चरोले प्रहार गरी हत्या गरेकी हुन् । उनले प्रहार गरेको पाँच मिनेट भित्रै मृतकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बञ्चरोले मृतक लक्षीरामको टाउको, खुट्टा, हातमा प्रहार गर्दा घाइते भएको खबर पाउने बित्तिकै ईप्रका धनौली खजुराबाट प्रहरी पुग्दा घटनास्थल मै मृत्यु भएको अवस्थामा शव फेला परेको जनाइएको छ । प्रहरीले घटनामा प्रयोग भएको बञ्चरो र मिछिया थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता