एमाले कोशी अधिवेशन : मतदान भोलि ११ बजेदेखि

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। शुक्रबार सुरु भएको अधिवेशनमा केहीबेरअघि राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ।

निर्वाचन कार्यक्रम अनुसार शनिबार ४:३० बजेसम्म उम्मेद्वारी मनोनयनको समय तोकिएको छ। उम्मेदवारी दर्ता भइसकेपछि आजै साँझ ५ः३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ।

मतदान भने आइतबार बिहान ११ बजेबाट हुने कार्यतालिकामा उल्लेख छ। अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्ने अधिवेशनमा नेताहरू सहमतिमा नेतृत्व चयन गर्न दबाब दिइरहेका छन्। आकांक्षीहरू भने आफ्नो नाममा भए सहमति नभए निर्वाचनमा जानुपर्ने अडानमा छन्।

प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार छन्। मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी