बमबहादुर बनेपछि नेपाली भाषीलाई बुझे सौगातले

काठमाडौं । सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा नेपाली चलचित्र ‘बमबहादुर’ निर्माण गरिएको छ । यो चलचित्र यही ५ पुषबाट नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । बमबहादुरको शिर्ष भूमिकामा अभिनेता सौगात मल्लले अभिनय गरेका छन् ।

चलचित्र बमबहादुरमा काम गरेपछि नेपाली भाषीहरुको नेपाल र नेपाली भाषा प्रतिको महत्वलाई आफुले अझ नजिकबाट बुझ्ने अबसर पाएको यी अभिनेताले बताएका छन् । भूगोल फरक भएपनि नेपाल बाहिरका नेपाली भाषीमा नेपालीप्रति आफनत्वको भावना आफुले धेरै नै पाएको पनि उनले बताएका छन् । सौगातको भनाईमा मुलुक बाहिर रहेका नेपाली भाषीहरु आफुलाई नेपाली भन्दा गौरवको महसुर गर्दा रहेछन् ।

पत्रकार भेटघाटका क्रममा अभिनेता सौगातले यो चलचित्रको कथा आफ्नै जस्तो लागेको पनि बताएका छन् । यसले नेपाल र प्रवासमा रहेका सबै नेपाली दर्शकको मन जित्ने पनि यी अभिनेताले जिकिर गरेका छन् ।

‘चलचित्रले मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षको पलहरूलाई निकै मार्मिक ढङ्गले चित्रण गरेको छ ।’ अभिनेता सौगातले पत्रकारसंग भने ।

दार्जिलिङ तथा डुवर्समा बमबहादुरको छायांकनको क्रममा आफुले निकै सम्मान पाएको अनुभव पनि यी अभिनेताले सुनाए । सञ्चारकर्मीसंग सौगातले भने, ‘यो चलचित्रको छायांकनको क्रममा त्यहाँ जुन खालको सम्मान पाएँ, ती ठाउँहरू मेरालागि एकदमै प्रिय भएका छन् । यो चलचित्र राम्रो बनेकोले हामी सबैको मन जित्ने विश्वास मैले लिएको छु ।’

चलचित्र बमबहादुरमा आफ्नो पात्र बिद्रोहीसँगै रोचक पनि भएको यी अभिनेताले बताएका छन् । त्यस्तो पात्रमा आफुले अहिलेसम्म काम नगरेको पनि सौगातले जिकिर गरे । सुरुमा यो चलचित्रको कथा सुन्दा त्यसलाई कसरी चलचित्रमा बुन्न सकिन्छ होला भन्ने उनलाई लागेको थियो । तर पुरा स्कृप्ट तयार भएपछि आफुलाई काम गर्न साह्रै सजिलो भएको पनि सौगातले बताएका छन् ।

यो चलचित्रको स्कृप्ट पढ्दा सौगातलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । पुरा स्कृप्ट पढेपछि आफु निकै भावुक भएको पनि यी अभिनेताले बताएका छन् । त्यसपछि तुरुन्तै आफु यो कथामा काम गर्न तयार भएको पनि उनले जानकारी गराएका छन् । अभिनेता सौगात मल्लले चलचित्र बमबहादुरमा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरेका छन् ।

यो चलचित्रको लेखक तथा निर्देशक जोन राई हुन् । उनले पनि निकै राम्रो काम गरेको सौगातले बताएका छन् । चलचित्र मार्फत दार्जिलिङ, डुअर्सका नेपाली भाषीहरुको जातीय तथा भाषिक अधिकार र त्यसको लागि उनीहरुले गरेको संघर्षको कथालाई यो चलचित्रमार्फत राईले दस्तावेज गर्न लागेको कथन सौगातको छ । यसले एउटा इतिहासलाई जिवित राख्ने विश्वास यी अभिनेताले लिएका छन् । यस्तो बास्तविक कथामा फेरी काम गर्ने अबसर कमै मिल्ने पनि सौगातले बताएका छन् । चलचित्रमा सौगात मल्लको जोडीको रुपमा अभिनेत्री अनिशा रसाइली छिन् । अनिशाको कामको पनि सौगातले खुलेर प्रसंसा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह किन पुगे भक्तपुर ?