अमेरिकी गायिका जेसिका सर्पको शुक्राणु पिउँछिन्

न्युयोर्क । अमेरिकी गायिका तथा अभिनेत्री जेसिका सिम्पसन यति बेला आफ्नो एउटा विवादास्पद भनाइले भाइरल भएकी छिन् । उनी माधुर्य आवाजका लागि परिचित छिन् । तर आफ्नो आवाज माधुर्य बनाउनुको रहस्य खुलासा गर्ने बित्तिकै यी गायिका एवम् नायिकाले विवादको सामना गर्नु परेको छ ।

गायिका जेसिका सिम्पसनले आफ्नो आवाज माधुर्य हुनुको पछाडिको शक्ति सर्पको शुक्राणु भएको बताएकी छिन् । जेसिकाले इन्स्टाग्राम रिलमा आफ्नो गायन प्रदर्शन सुधार गर्न सिरप जस्तो सर्पको शुक्राणुको सप्लिमेन्ट सुप लिइरहेको कुरा सार्वजनिक गरेकी छिन् ।

गायिका जेसिकाको यो कुरा बाहिर आएपछि धेरैले यसको निन्दा समेत गरे । उनका केही प्रशंसकहरूले यो विषयमा खोजी गर्दा उनले प्रयोग गरेको खनिज तत्त्वमा अनौठा सामग्री पाएपछि उनको कुराको विश्वास समेत गरेका छन् ।

आफूले लिँदै आएको खनिजसहितको सप्लिमेन्ट सर्पको शुक्राणुबाट बनेको उनले दाबी गरेकी छिन् । उनको यो खुलासाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई छक्क पारेको छ । धेरैले त उनलाई हास्यको पात्र समेत बनाए ।

चिनियाँ हर्बल पेय पदार्थ पिउँदै पहेँलो पहिरन र नीलो ज्याकेट लगाएर बनाएको भिडियोमा सिम्पसनले आफूले प्रयोग गर्दै आएको सर्पको शुक्राणुयुक्त पेय पदार्थको ’boutमा जानकारी गराएकी छिन् । यो कुराले उनको सांगीतिक समूहका सदस्यहरू पनि छक्क परे ।

‘तिमी के पिउँदै छौ भनेर मेरा ब्यान्डका साथीहरुले समेत प्रश्न गर्छन ?’ सिम्पसनले भिडियो क्लिपमा भनेकी छिन्, ‘विभिन्न खनिज र सर्पको शुक्राणु मिश्रित यो एक चिनियाँ जडीबुटी युक्त सप्लिमेन्ट्स हो र मेरो स्वर प्रशिक्षकले मलाई यो पिउनुपर्छ भनेपछि मैले यसलाई प्रयोग गर्दै आएको छु,’ पछि गुगलमा खोजी गर्दा यो सर्पको शुक्राणु भएको र यसको स्वाद मह जस्तै भएको जानकारी आफुले पाएको यी गायिकाले बताएकी छिन् ।

आफ्नो स्वर प्रशिक्षक गुरुको कथन’bout उनले अगाडि भनिन्,‘यदि तिमी राम्रो स्वर चाहन्छौ भने, तिमीले यो सप्लिमेन्ट पिउनु पर्छ भनेर मेरो प्रशिक्षकले यो सामग्री दिएपछि मैले त्यसलाई पिउन थालेँ,’ सेवन गर्न थालेको केही समयपछि त्यसमा सर्पको शुक्राणु रहेको कुरा आफूले बल्ल जानकारी पाएको पनि उनले बताएकी छिन् ।

सिम्पसनको कथनमा त्यो सप्लिमेन्ट्सले उनको आवाज राम्रो बनाएको छ । त्यसैले यसलाई ट्रोल नबनाएर स्वाभाविक रूपमा लिइदिन उनले आफ्ना प्रशंसकहरूलाई अनुरोध गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जाजरकोट केन्द्र विन्दु रहेर ५.२ म्याग्निच्युडको भूकम्प

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई