छिन्नभिन्न पाकिस्तान ?

गत २२ अप्रिलका दिन भारतको जम्मू काश्मीर स्थित पहलगाममा निर्दोष निहत्था हिन्दू पर्यटकमाथि भएको आतंकी हमलाको घटनाले अब लगभग हाम्रा दुई छिमेकीबीच युद्धको वातावरण बनेको छ । भारत र पाकिस्तान दुवैले औपचारिक रूपमा युद्धको घोषणा गरेको छैन । भारतको सेना, हवाईजहाज वा जलसेनाले अन्तर्राष्ट्रिय सीमा नाघेको छैन । आफ्नै भूमिबाट ड्रोन वा मिसाइलहरू पठाएको छ । मूलतः पाकिस्तानले पनि त्यस्तै गरेको भए पनि ८ र ९ मेको बीचको रातमा भारतको राजस्थान क्षेत्रमा एउटा पाकिस्तानी लडाकु जहाज खसालेर त्यसका चालक गिरफ्तार गरेको खबरले पाकिस्तानबाट सीमा उलंघन भएको प्रतित हुन्छ । औपचारिक रूपमा युद्धको घोषणा नभए पनि ‘युद्धसरह’ स्थितिचाहिँ निश्चित रूपमा पैदा भएको छ । केही दिनभित्रै पूर्ण युद्ध हुने कुरामा अब शंका नगरे हुन्छ । युद्धको परिणाम के होला ? कसले जित्ला ? यस’bout अनुमान गर्नुको अब अर्थ छैन । वास्तवमा ‘इच्छित परिणाम’को आशा गर्दै ‘विश्लेषक’ बन्नुको अर्थै छैन । युद्धको वातावरण बन्दै गरेको वर्तमान परिप्रेक्ष्यमा दुवै तर्फबाट उत्पादित र प्रवाहित सूचनाको प्रभावमा परेर विश्लेषण गर्नु त खतरनाक नै हो । तर, सञ्चारमाध्यममा उपलब्ध सूचना र व्यक्तिगत सम्पर्कका आधारमा प्राप्त स्पष्ट सूचनालाई मिलाएर केही तथ्यगत निष्कर्ष निकाल्न सकिन्छ । यसै आधारमा भन्ने हो भने भारतको वायु सुरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) निकै सुदृढ रहेको देखियो । पाकिस्तानका तर्फबाट प्रहार गरिएका सयौं मिसाइल र ड्रोनमध्ये एउटा पनि लक्ष्यमा पुग्न सकेन, सबैलाई सुरक्षा प्रणालीले हावामै रोक्यो । उता, पाकिस्तानको एयर डिफेन्स सिस्टमचाहिँ पुरै चरमराएको देखिन्छ । भारतले प्रहार गरेका ड्रोनहरू सबैजसो लक्ष्य भेदन गर्न सफल देखिए । भारतीय ड्रोन आक्रमणले लाहोर र कराँचीजस्ता ठूला सहर मात्र होइन पाकिस्तानी सैन्य मुख्यालय भएको रावलपिण्डी सहरको वायु सुरक्षा प्रणालीलाई समेत भेदन ग¥यो !

आज दुई मुलुकबीच चल्दै गरेको प्रत्यक्ष युद्धभन्दा पनि पाकिस्तानभित्र चल्दै गरेको द्वन्द्व र त्यसका कारण यस युद्धमा परेको प्रभावका वा युद्धले आन्तरिक द्वन्द्वमा पारेको प्रभावका ’boutमा केही उल्लेख गर्दै छु । पाकिस्तान चार प्रान्तहरू र एक स्वशासित क्षेत्रको संघ हो । पञ्जाव, सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वा चार प्रान्तहरू हुन् भने पाकिस्तान नियन्त्रित आजाद काश्मीर (गिलगित बाल्तिस्तानसहित) स्वशासित क्षेत्र हो । अहिले भारतविरुद्धको द्वन्द्व वा युद्धमा फगत पञ्जाव एक्लै लडिरहेको प्रतित हुन्छ । यी प्रान्तका चरित्रका ’boutमा थोरै बुझ्दा समग्र पाकिस्तानको प्रारूप र चरित्र बुझ्न सजिलो हुन्छ ।

सन् १९४७ मा पाकिस्तान बन्दा बलुचिस्तान स्वतन्त्र राज्य थियो । पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाह त कलात (बलुचिस्तान)का राजाका कानुनी सल्लाहकार थिए । कलातका राजा स्वतन्त्र रहन चाहन्थे वा भनिन्छ हदै भए भारतमा मिसिन चाहन्थे । तर, सन् १९४८ को मार्च महिनामा पाकिस्तानले सैनिक बलका भरमा बलुचिस्तानलाई जबर्जस्ती आफूमा गाभेको हो

सबभन्दा पहिले स्वशासित भनिने आजाद काश्मीर क्षेत्रको कुरा गरौं । भारत स्वतन्त्र हुनुभन्दा पहिले यो क्षेत्र वर्तमानमा भारतको जम्मू काश्मीर प्रदेश एवं लद्दाख र अहिले चीनको नियन्त्रणमा रहेको अक्साई चीनसमेत गरेर महाराजा हरिसिंहको काश्मीर राज्य थियो । स्वतन्त्रतापश्चात् अविभाजित भारतभित्र रहेका ४ सयभन्दा बढी राजा रजौटा नियन्त्रित राज्यहरूलाई पाकिस्तान वा भारतमा गाभिने अथवा स्वतन्त्र रहने छुट दिइयो । काश्मीर र यसका महाराजा हरिसिंह (वर्तमानका कांग्रेसका वरिष्ठ नेता कर्णसिंहका पिता)लाई पनि छनोटको अधिकार दिइयो । काश्मीरका बहुसंख्यक जनता मुसलमान थिए भने राजाचाहिँ हिन्दू ! स्वाभाविक रूपमा हरिसिंहलाई पाकिस्तानमा गाभिन दबाब थियो । तर, उनले स्वतन्त्र रहन चाहे । भर्खरै स्वतन्त्र भएको पाकिस्तानले जनजाति सरदारको भेषमा पाकिस्तानी सेना पठाएर लुटपाट मच्चायो । महाराजा हरिसिंहले सामना गर्न सकेनन् । उनले भारतलाई मद्दतका लागि गुहारे । भारतका तत्कालीन उपप्रधान एवं गृहमन्त्री बल्लभभाई पटेलले हरिसिंहलाई भारतसँग गाभिने सहमति (इन्स्ट्रुमेन्ट अफ एक्सेसन)मा दस्तखत गराएर मात्र भारतीय सेना खटाए र आक्रमणकारी पाकिस्तानी सेनालाई अहिलेको नियन्त्रण रेखाभन्दा पर धकेले । त्यसपछिका घटनाक्रम लामो छ । यहाँ उल्लेख गरिरहनु साध्य हुन्न । भारतले जुन खाले इन्स्ट्रुमेन्ट अफ एक्सेसनमा सही गराएर तमाम साना राजा रजौटालाई भारतीय संघमा मिलाएको हो, काश्मीरलाई पनि त्यसरी नै मिसाएको हो । त्यसैकारण सम्पूर्ण काश्मीरलाई भारतले आफ्नो अंग मान्छ । काश्मीरलाई समर्पण गरेको दिनमा भारतीय संघको गठनको आधार नै गुम्ने डर छ । पाकिस्तानचाहिँ मुसलमान बाहुल्यताका कारणले काश्मीरलाई आफ्नो मान्छ । भारतका लागि काश्मीर इज्जतको प्रश्न हो । दुई देशबीचको शत्रुता र द्वन्द्वको प्रमुख कारण नै काश्मीर रहिआएको छ । वास्तवमा काश्मीर समस्या र साझा शत्रु भारतलाई देखाएर नै बाँकी पाकिस्तान एकत्रित छ ! काश्मीरका जनताचाहिँ सायद दुवैतर्फ छैनन्, स्वतन्त्र रहन चाहन्छन् । तर, दुईमध्ये एक छनोट गर्नैपर्ने अवस्थामा पछिल्लो विकास र आर्थिक कारणले भारततर्फ ढल्किने सम्भावना देखिन्छ । भारत पनि काश्मीर आफ्नो प्रभुत्वमा आयो भने शान्त हुने देखिन्छ । सम्भवतः पाकिस्तानबाट आजाद काश्मीर अलग्गिँदै छ ।

अब आउँ बलुचिस्तानतर्फ । सन् १९४७ मा पाकिस्तान बन्दा बलुचिस्तान स्वतन्त्र राज्य थियो । पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाह त कलात (बलुचिस्तान)का राजाका कानुनी सल्लाहकार थिए । कलातका राजा स्वतन्त्र रहन चाहन्थे वा भनिन्छ हदै भए भारतमा मिसिन चाहन्थे । तर, सन् १९४८ को मार्च महिनामा पाकिस्तानले सैनिक बलका भरमा बलुचिस्तानलाई जबर्जस्ती आफूमा गाभेको हो । वर्तमान पाकिस्तानको ४० प्रतिशतभन्दा ठूलो भूभाग ओगटेको बलुचिस्तानको मौलिक बलौच जनसंख्याचाहिँ एकदमै कम छ । यो क्षेत्र खनिज आदि प्राकृतिक संसाधनमा अत्यन्तै धनी छ । बलौचहरू सुरुदेखि नै पाकिस्तानबाट अलग्गिन चाहन्छन् । अहिले त विद्रोह अत्यन्तै बढेको छ । प्रत्येक दिनजसो बलोच विद्रोहीहरूले पाकिस्तानी सेनाको नाश गर्दै छ । अहिले भारतविरुद्ध पूर्वी सीमामा केन्द्रित हुनुपर्दा पश्चिमतर्फको बलुचिस्तानी विद्रोहको मार खप्न पाकिस्तानलाई धौधौ परेको छ । वर्तमान भारत पाकिस्तान युद्धले बलुचिस्तानलाई स्वतन्त्र राष्ट्रको दर्जा प्राप्त हुने अत्यन्तै बलियो सम्भावना छ ।

उत्तर पश्चिमको खैबरको आफ्नै कथा छ । पठान पख्तुन बहुल यस क्षेत्रको ठूलो इलाकामा अफगानिस्तानको दाबी रहँदै आएको छ । उनीहरू अंग्रेजले कोरिदिएको डुरन्ड लाइन सीमारेखा नै मान्दैनन् । पठानहरू त्यसै पनि आफूलाई सामान्य सुन्नी मुसलमानभन्दा पृथक विशिष्ट पहिचान भएको मान्छन् । यस क्षेत्रको तहिरिके तालिवान पाकिस्तान समूहले पाकिस्तानी सेनालाई मुश्किल पारिरहेको छ । पाकिस्तानको वर्तमान समस्या अन्त्य हुने समयसम्ममा खैबरको राजनीतिक भूगोल राम्रैसँग फेरिने सम्भावना छ ।

सिन्ध प्रान्त र पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीको कथा पनि चाखलाग्दो छ । सिन्ध प्रान्तका सिन्धीहरू स्वभावैले शान्त एवं व्यापारी प्रकृतिका मानिन्छन् र त्यसैकारण कम कट्टर पनि । त्यसमाथि कराँची र समग्र सिन्धमा तुलनात्मक रूपमा धेरै हिन्दूहरू पनि छन् । मुहाजिर भनिने भारतबाट बसाइँ सरेका मुसलमानहरू पनि सिन्धमा केन्द्रित छन् । यी सबै कारणले पञ्जावीहरू सिन्धलाई हेय दृष्टिले हेर्छन् भने स्वयं सिन्धीहरू पनि पञ्जावले आफूलाई दोस्रो दर्जाको नागरिक व्यवहार गर्ने बताउँछन् । बलुचिस्तान र खैबरमा जस्तो उग्र पृथकतावादी भावना नभए पनि सिन्धमा समेत ‘सिन्धुदेश’ आन्दोलनको आगोचाहिँ सल्किएकै छ । तत्काल सिन्ध त नछुट्टिएला कि !

बाँकी रह्यो पञ्जाव । सेना, सरकार र प्रशासनमा पञ्जावको पकड छ । पञ्जावका पाकिस्तानीहरू वास्तवमा आफूलाई ‘उच्च नश्लीय’ वा कुलीन ठान्छन् । उनीहरूको यही सोच र व्यवहारका कारण ‘शासक’ पञ्जाव आज लगभग एक्लिएको अवस्था छ । त्यसैकारण भारतसँगको निर्णायक युद्ध पनि पञ्जाव एक्लै लडिरहेको छ भन्दा फरक नपर्ला ! चाखलाग्दो विषय के छ भने भारतले पनि खैबर र बलुचिस्तानतर्फ पटक्कै प्रहार गरिरहेको छैन । सिन्धमा पनि बन्दरगाहजस्तो थोरै सत्ताका लागि सामरिक महत्वका ठाउँबाहेक अन्त कतै केन्द्रित भएको छैन । भारत र बलोच वा पख्तुन विद्रोहीबीच स्पष्ट गठबन्धन नभए पनि अप्रत्यक्ष समझधारी नहोला भन्न पटक्कै सकिन्न । भारत पाकिस्तानबीचको वर्तमान द्वन्द्वको अन्तिम परिणाम छिन्नभिन्न पाकिस्तान त होइन ? हामीले दुई–तीन नयाँ छिमेकी पाउन लागेका त होइनौं ? व्यक्तिगत रूपमा म त बलोचिस्तानस्थित हिंगलाज माता मन्दिरको दर्शन गर्न उत्सुक छु ।

तपाइको प्रतिक्रिया
(Visited 1,395 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा