पोखरा । पोखरा महानगरपालिका वडा २२, पुम्दीमा माइक्रो बस दुर्घटना भएको छ । पुम्दीकोटदेखि छोरेपाटनतर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको अधिकांश भारतीय पर्यटक बोकेको बस बुधबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो । बस सडकदेखि तल खसेको छ ।
बसमा करिब २५÷२६ जना सवार थिए । तीमध्ये सामान्य एवं गम्भीर गरी २० जना घाइते छन् । तीमध्ये ५ जना गम्भीर घाइते रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
विश्व शान्ति स्तुप पार्किङभन्दा केही माथि दोस्रो घुम्तीमा बस दुर्घटना भएको हो । घाइतेको स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन् । बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्घटनाको अनुसन्धान कार्य भइरहेको जनायो ।
तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)
सम्बन्धित समाचार











