नेकपा विवादः पार्टी बैठकदेखि शीर्ष नेताबीचको छलफल अनिश्चित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी बैठकका साथै शिर्ष नेताहरू बीचको छलफल अनिश्चित बनेको छ ।

गत १० असारदेखि जारी स्थायी कमिटी बैठक १३ साउनयता अनिश्चित बनेको छ । गत आईतबार देखी तीन दिनसम्म गम्भिर छलफल गरेका नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको छलफल पनि अनिश्चित बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाका अनुसार बुधबार हुने भनिएको अध्यक्षद्वय ओली र दाहालबीचको छलफल हिजो बिहीबार बस्ने भनियो । तर बिहीबारसमेत उनीहरूका बीचमा छलफल हुन सकेन र छलफलको अर्को मिति समेत तोकिएको छैन् ।

दाहाल सचिवालयले वालुटारबाट छलफलका लागि खबर नआएकाले भेटघाट नभएको जनाएको छ । तर बालुवाटार स्रोतले बुधबार पार्टीका शिर्ष नेताहरूले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीका विरुद्धमा मोर्चाबन्दी गर्न आह्वान गरेकाले विहिबारको छलफलको वातावरण विग्रेको दावी गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीको राजिनामा मागसंगै पेचिलो बन्दै गएको नेकपा भित्रको विवाद समाधान गर्न विगतमा निरन्तर छलफल भए पनि निकास निष्कन सकेको छैन् । शिर्ष नेताहरू आ–आफ्नै अडानमा अडिग भएकाले पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

यसैबीच नेकपा अध्यक्ष दाहाल र संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङ बीच खुमटारमा बिहिबार छलफल भएको छ । ओली र दाहालका बीचमा केही समययता भइरहेको छलफलमा ओलीको तर्फबाट सहभागि हुदै आएका नेम्वाङले दाहाललाई भेटेर छलफललाई निरन्तरता दिन आग्रह गरेका छन् ।

स्रोतका अनुसार पार्टी भित्रको विवाद समाधानका लागि छलफल जारी रहेकै बेला बुधबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि सार्वजनिक गर्नुले राम्रो सन्देश प्रवाह नभएको भन्दै नेम्वाङले ओलीको सन्देश दाहाललाई सुनाए ।
‘पार्टीभित्र विवाद बढदै गइरहेको छ । त्यसलाई समाधान गर्नका लागि अध्यक्षका नाताले तपाईको पनि जिम्मेवारी हो । तर तपाईहरूले पत्रकार सम्मेलन नै गरेर पार्टीको विवाद छताछुल्ल गर्नुले वार्ता भाँडन र पार्टी एकता नै भत्काउन सहयोग पुग्ने हो । यसले राम्रो गर्दै’ नेम्वाङले भने ।

दाहालले नेम्वाङलाई पार्टीभित्रको विवाद समाधानका लागि पहल गर्न सुझाव दिए । खुमलटार स्रोतका अनुसार विवाद समाधानका लागि भूमिका खेल्न तथा पार्टी बिरोधी गतिविधि रोक्नका लागि ओलीसमक्ष पहल गर्न दाहालले नेम्वाङलाई भनेका छन् ।

‘तपाईले विवाद मिलाउँन सक्नुहुन्छ । केपी कमरेडलाई सम्झाउँनुस् । अहिले पार्टी विरोधी गतिविधि रोक्न र विवाद मिलाउँन तपाई नै पहल गर्नुस््’ नेम्वाङलाई दाहालले खुमलटारमा भने ।

स्थायी कमिटीमा उठेका बिषयमा गम्भिर हुन र स्थगित बैठकलाई अगाडी बढानुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै दाहालले छलफल, सम्बादबाटै समस्या समाधान हुने भएकाले पहल गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सन्दीपको मुद्धा 'हेर्न नमिल्ने' मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी