जुवाको खालबाट दुई लाखसहित आठ पक्राउ

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करिब १ः३० बजे तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा जिल्लाको देवचुली–११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती–१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए । पक्राउ परेका आठै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित