सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू

 

काठमाडौं । सुुवास नेम्वाङ एमाले संसदीय दलका उपनेता हुन् । संसदीय दलको उपनेता हुनुभन्दा अगाडि नै उनी संविधान सभाको अध्यक्ष पनि भए ।

पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष भएका नेम्वाङले व्यवस्थापिका संसद बैठकमा सभामुखको पनि भूमिका निभाए । उनकै पालामा संविधान सभाका सदस्यरूले बैठक कक्षका टेवुल, कुर्सी र माइकहरू भाँचेका थिए ।

संविधान सभा सदस्य तथा सांसदहरूको कयौँ अवरोध झेलेका नेम्वाङले भन्ने गर्थे, ‘माननीय सदस्यज्यूहरू बस्नुस् । तपाइँहरुको कुरा मैले सुनेँ ।’

तर, बुधबार उनै नेम्वाङ संसदको रोष्टम अगाडि उभिएर सभामुखविरुद्ध नाराबाजी गरे । सँगै रहेका आफ्नो पार्टीका सांसदहरुलाई पनि उनले नाराबाजीमा सहभागी हुन आग्रह गरे ।

बुधबार संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरेका छन् । एमालेकै सांसदहरूको अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित