कालो धन प्रकरणमा जोडिएकी ज्याकलिनलाई प्रहरीले एअरपोर्टबाट फर्कायो

एजेन्सी । मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज २०० करोड भारतीय रुपैयाँ (कलोधन) प्रकरणमा अनुसन्धानको घेरामा छिन् । जसका कारण उनलाई बिदेश जान अहिले रोक लगाईएको छ । बिदेश जानको लागि बिमान स्थल पुगेकी यी अभिनेत्रीलाई बिमान स्थलबाटै प्रहरीले फर्काईदिएको छ ।

उनी बिदेश गएको खन्डमा २०० करोड प्रकरणको अनुसन्धानमा आँच पुग्ने प्रहरीको कथन छ । सोही कारण उनलाई बिदेश जानबाट रोकेको दिल्ली प्रहरीको आर्थिक अपराध अनुसन्धान साखाले जनाएको छ ।

कालो धन प्रकरणको आरोपमा परेकी ज्याकलिनलाई दिल्ली प्रहरीले बयानको लागि बोलाएको छ । यदी यो प्रकरणमा ज्याकलिन दोषी देखिएमा उनलाई जेल सजाय हुने छ । जसका कारण बलिउडलाई ठुलो धक्का पुग्ने देखिन्छ ।

भारतीय नागरिक सुकेश चन्द्रशेख सहित केही व्यक्तिले २०० करोड घोटाला गरेको प्रहरीले जनाएको छ । सुकेश यस अघि पनि ठगी प्रकरणमा मुद्धा भोगिसकेका व्यक्ति हुन् । यसपटक उनको २०० करोड कलो धन राखेको प्रकरणमा ज्याकलिनको पनि नाम जोडिएको छ । उनी यो प्रकरणमा कसरी जोडिईन भन्ने’bout प्रहरीले खुलाएको छैन । कालो धन ज्याकलिनको हुन सक्ने प्रहरीको अनुमान छ ।
अहिले ज्यानलिनमाथि अनुसन्धान भईरहेको भन्दै प्रहरीले त्यहाँका मिडियालाई थप जवाफ दिएको छैन ।

यो प्रकरणको सत्य तथ्य आफुहरुले चाँडै सार्वजनिक गर्ने पनि दिल्ली प्रहरीको आर्थिक अपराध अनुसन्धान साखाले जनाएको छ । यो प्रकरणमा प्रहरीसँगै प्रवर्तन निर्देशालय (इडी)ले पनि अनुसन्धान गरिरहेको छ । प्रहरीको सहयोगमा सो निर्देशालयले ज्याकलिनको बयान लिन खोजेको हो । सो निर्देशनालयले पत्र पठाईसक्दा पनि अझै अभिनेत्री ज्याकलिन बयानको लागि दिल्ली पुगेकी छैनन् । सोही कारण उनलाई बिदेश जानबाट रोकिएको पनि प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा