शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरमा एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका छन । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन । आइतबार विद्यार्थीले शिक्षकमाथि कार्बाहीको माग अघि सारेर विद्यालयमा बिरोध प्रर्दशन गरेका छन ।

गए साता साउन ३१ गतेका दिन शिक्षक जोशीले एक छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले बिद्यालय परिसरमा बिरोध प्रर्दशन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । विद्यार्थीले शिक्षक सहित कार्यकक्षमाथि ढुङगामुढा प्रहार गर्दै बिरोध प्रदर्शन गरेका छन । आन्दोलनका कारण बिधालयमा आइतबारको पठनपाठन समेत प्रभावित भएको छ ।

उता विद्यालयले भने छात्रामाथि दुर्व्यवहार नगरेको जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले ३१ साउनमा शिक्षकको छात्रासंग कुम ठोकिएको बताए । विद्यार्थी माथिल्लो तलाबाट तल र शिक्षक तलबाट माथि आउनेक्रममा भिडभाँड हुँदा एक आपासमा कुम मात्रै ठोकिएको बताए । आफ्नै शिक्षकले विद्यार्थी लाई दुव्र्यवहार गर्ने शिक्षकलाइ कारबाहीको माग राखेका छ्न ।

आरोपित शिक्षक जोशी बिरुद्धमा आन्दोलन भएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीले विद्यालयमै गएर शिक्षक जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर ल्याएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकास डाँगीले बताए । उनले पक्राउ परेका जोशी र घटना’bout अनुसन्धान भईरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा गठबन्धनका राजेश मानसिंहलाई १८१० मत, एमालेका सरावगीलाई ७७५