सुनिल दवाडी र बिषाखा शाहीको ‘गुँडेले चरी’

काठमाडौं । गायक सुनिल दवाडी र बिषाखा शाहीको स्वर रहेको  र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ ।

डीपी खनालको शब्द तथा सुनिल दवाडीको  संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।

फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् । इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाका आठ स्थानीय तहका प्रमुख र उपप्रमुखमा ६५ जनाको उम्मेदवारी