गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम बन्द

महेन्द्रनगर । कैलालीको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहडताल गरिएको छ ।
हडतालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । राजमार्गमा चार पाङ्ग्रे सवारी साधन नचलेपनि मोटरसाइकल भने चलिरहेका छन् ।

गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आयोजित आन्दोलन कार्यक्रममा कञ्चनपुरले समेत ऐक्यबद्धता जनाईएको छ ।

लोकराज पाण्डेय(आगो) नेतृत्वको संघर्षए समितिले आइतबार आब्हान गरेको सुदूरपश्चिम बन्दको कार्यक्रममा समेत ऐक्यबद्धता एव आन्दोलनमा सर्मथन जनाउँदै विभिन्न राजनीतिक दल निकट युवा विद्यार्थी सडकमा आएका छन । उनीहरुले बिहानदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गराएका छन ।

सुदुरपश्चिमका जनतामाथि धोका हुन खोजेपछि संघर्ष समितिद्वारा आब्हान गरिएको बन्द अन्तरगत कञ्चनपुरमा समेत बन्द गरिएको कञ्चनपुरका युवा दिपक चन्दले बताए । ‘हामीले बजार र राजमार्ग क्षेत्रमा बन्द गराएका छौँ, ‘उनले भने, ‘दिनभरी शान्तिपुर्ण आन्दोलन गरेर साँझ कोण सभा सहित समापन गछौँ ।’

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आज सुदूरपश्चिम प्रदेशमा आम हडताल गरिएको हो । आम हडताललाई सफल पार्न स्वस्फुर्त रुपमा कञ्चनपुरका शैक्षिक संस्था, बजार व्यवसाय पनि बन्द गरिएको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प रहने बताए । उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन् । संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए ।

२९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने निर्णय गरेको थियो । त्यसपछि आमागी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने उल्लेख छ ।

तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो ।
सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले हडतालको आशिंक प्रभाव परेको बताए । सदरमुकाम महेन्द्रनगरको बजार क्षेत्र पूर्ण रुपमा खुल्न सकेको छैन । लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित