किन दिए कुन्दन काफ्लेले बागमति प्रदेश प्रमुख सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् । काफ्लेले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

प्रदेशसभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन