विश्वका चुनौती : भोकमरी र पानी

जीवनका लागि खाद्यान्न, पानी र पर्यावरण नै प्राणीका लागि आवश्यक पर्ने आधारभूत वस्तु हुन् । यसरी पर्यावरण र वातावरणको एकीकृत सुरक्षा, सन्तुलन, संरक्षणको लाभदायक फल सुखी जीवनको आधार हो । त्यसरी नै उत्पादनमा सुधार विश्वव्यापी सुखी जीवनको पहिलो आधार हो । यसलाई नेपालको राष्ट्रिय सन्दर्भमा मूल्यांकन गर्नुपर्नेहुन्छ । यसलाई देशको संविधान २०७२ ले पनि किसानको हकहित संरक्षण र संवद्र्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्नेमा जोड दिएको छ । त्यसरी नै मानिसको उमेर, लिंग र कामको प्रकृतिअनुसार फरक पर्छ ।

हाम्रो समाजमा विद्यमान परम्परागत ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश कृषकलाई कुपोषण’bout केही थाहा छैन । हालको सहरीकरण क्रमसँगै अर्थव्यवस्थाको वृद्धिको सुरुवात भइरहेको छ । यसका लागि आधुनिक आपूर्ति, खाद्य भण्डारण, वितरण प्रणाली एकसाथ लैजानुपर्नेहुन्छ । फलतः अस्वस्थ आहार अब विश्वव्यापी रोग र मृत्युका लागि एक प्रमुख जोखिम कारक भएको छ । अबको समय भनेको स्वस्थ र दिगो आहारहरू किफायती र सबैका लागि पहुँचयोग्य बनाउनु अत्यावश्यक भइसकेको छ । अतः मानवका लागि नभई नहुने खाना स्वस्थ आहारका लागि सुझावमा सक्रिय जीवन बिताउन र रोगको जोखिम कम गर्न पर्याप्त, सुरक्षित, पौष्टिक र विविध खाद्य पदार्थ खानुपर्नेहुन्छ । यसमा पनि कुपोषणको विभिन्न रूप छन् ।

त्यसलाई बेलैमा निराकरण गर्न लाग्नुपर्छ । यसका लागि विश्वस्तरमा नै खेतीपातीको कर्मलाई हाम्रो साझा संकल्पका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने स्थिति खट्किएको छ । यसकाअलावा बेलाबेलामा हुने द्वन्द्व, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको प्रभावको कारण पनि यस्तो हुन गएको देखिन्छ । जहाँ ग्रामीण क्षेत्रमा धेरै संख्यामा सानास्तरका कृषक बस्छन् उनीहरूका लागि ताजा र पौष्टिक खानाको अभाव हुन्छ । यी विविध कारणले गर्दा खेतीपातीको उत्पादन, आपूर्ति र उपभोग गर्ने तरिकाको पनि परिवर्तन गर्न आवश्यक भइसकेको छ । त्यसैगरी जैविक विविधताका धेरै खाद्यान्नका प्रजाति लोप हुने अवस्थामा पुगिसकेका छन् जसले गर्दा हाल विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने गहुँ, मकै र चामलको खाद्यान्नमा मात्र निर्भर रहेका छन् ।

जैविक विविधतामा आधारित खाद्यान्नका प्रजाति लोप हुँदै गइरहेकाले खाद्यसंकट निम्तन थालेको छ

यसको साथसाथै कुपोषणका लागि समाजले बढीभन्दा बढी लगानी गर्नुपर्ने स्थिति भएको छ । विश्वका प्रत्येक पाँच वर्षमुनिका चार बालबालिकामध्ये एक जना कुपोषणले ग्रसित छन् । यस्ता खालका बालबालिका संसारमा १६ करोड ५० लाख छन् जो सामान्य शारीरिक र मानसिक रूपमा क्षमतावहन गर्न सक्दैनन् । त्यसरी नै विश्वमा झन्डै २ अर्ब मानिस अति आवश्यक भिटामिन, खनिज पदार्थ आदिको कमीबाट बाँच्न वाध्य छन् । त्यसैगरी विश्वमा १ दशमलव ४ अर्ब मानिस मोटापनको सिकार हुन पुगेका छन् । जसमा लगभग एकतिहाइ धेरै मोटा व्यक्ति रहेका छन् ।

अन्त्यमा, विश्व खाद्य तथा कृषि अनाजका अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठुलो चुनौती भनेको खाद्य संकट हो । यसमा थोरै जमिनमा पनि मौसम तथा बेमौसमी खेती गरी धेरै उत्पादन गर्न सकिन्छ । खाद्यको मितव्ययी प्रयोग गर्नु आजको आवश्यकता रहेको छ । यसमा पनि स्वस्थ खानाका आहार प्रदान गर्न र वातावरणको सुरक्षाका लागि विभिन्न प्रकारका खाद्य पदार्थ महत्वपूर्ण हुन्छन् । यसरी हरित क्रान्तिपछि आधा शताब्दीअघि कसरी बढ्दो विश्व जनसंख्यालाई खुवाउने भन्ने चिन्ताको कारण हरित क्रान्ति भयो जबकि कृषि उत्पादन र खाद्यान्न वितरणमा तीव्र विस्तार भयो जसले गर्दा अर्बौं मानिसलाई भोकमरीबाट रोक्न मद्दत पुगेको छ ।

तर, समयको अन्तरालसँगै कृषि विकास अभ्यासका कारणले प्राकृतिक स्रोत जस्तै माटो, पानी र वायुको गुणस्तरमा सकारात्मक प्रभाव या नकारात्मक प्रभाव के परेको छ सोहीअनुसार बाली उत्पादन बढ्ने या घट्ने हुन्छ । यसका लागि पनि आजको जल्दोबल्दो जलवायु परिवर्तनले ठुलो प्रभाव पार्छ जसले गर्दा जलवायु अनुकूल भएको खण्डमा कृषि उत्पादन वृद्धि गर्नमा मद्दत पु¥याउन सक्नेछ । यसमा युद्धस्तरमा विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए मात्र भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ । यसरी अर्कोतिर हेर्ने हो भने विश्वमा निर्धन देशमा मात्र होइन, धनाढ्य देशमा पनि भोकमरी फैलँदो छ ।

यो असमानताको खाडल दिनप्रतिदिन गहिरिँदो छ । यो चरम गरिबी र बेरोजगारी उग्र वेगमा उकालो लागिरहेको छ । स्वयं राष्ट्रसंघका वैज्ञानिकले पनि अहिलेको परिस्थिति विषम हुँदै गएको बताएका छन् । अतः सम्बन्धित क्षेत्रले प्रस्तुत गरेको तथ्यांकअनुसार, कोरोना संक्रमणपछि ८१ करोड १० लाख मानिस भोकमरीको चपेटामा परेका छन् । विश्वभर झन्डै २ अर्ब ४० करोड मानिस खाद्यान्नको अभावमा कुपोषणले थलिन सक्ने आँकलन गरेका छन् । झन्डै ३ करोड ८० लाख मानिस परिवारजनको पेट भर्नै असमर्थ भइसकेका छन् ।

त्यसैगरी, हाम्रो देशको कुरा गर्ने हो भने खाद्यसंकट उत्पन्न हुनुको प्रथम कारण जलवायु परिवर्तन हो । यसका कारण अहिले विश्वमा खाद्य उत्पादन अत्यन्तै न्यून हुँदै गएको छ । प्रतिकूल असर पार्ने सबैभन्दा प्रमुख कारकतत्वका रूपमा अहिले जलवायु परिवर्तनलाई मानिएको छ ।

जलवायु परिवर्तनका कारण दक्षिण एसियाका अधिकांश देशले खाद्यान्न र पिउने पानीको अभाव झेल्नुपरिरहेको छ

सन् १९७९ देखि सुरु गरिएको विश्व खाद्य दिवस नेपालले मनाउन थालेको चार दशक नाघिसकेको छ । हरेक वर्षको अक्टोबर १६ को दिन विश्व खाद्य संकट र भोकमरीविरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । फलतः खाद्य तथा कृषि संगठनको स्थापना १६ अक्टोबर १९४५ मा क्यानडामा भएको थियो । हाम्रो देशले ६ वर्षपछि नोभेम्बर १९५१ मा सो संगठनको सदस्यता पाएको थियो । संयुक्त राष्ट्रसंघको २०औं साधारणसभाले नोभेम्बर १९७९ मा खाद्य तथा कृषि संगठनको स्थापना भएको दिन पारेर खाद्य दिवस मनाउने प्रस्ताव पारित ग¥यो ।

सोअनुरूप १६ अक्टोबर १९८१ देखि विविध कार्यक्रम साथमा विश्वव्यापी रूपमा खाद्य दिवस मनाउँदै आएको हो । यस वर्ष खाद्य तथा कृषि संगठनले ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारा तय गरेको छ । फलतः संसारभरीका विभिन्न सदस्य राष्ट्रहरूले सो नारालाई आधार बनाएर आ–आफ्नो देशको नारा बनाउँछन् । यसमा विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्नसकिने उल्लेख गरेको छ ।

समग्रमा भन्नुपर्दा एसियाली विकास बैंकले हालै गरेको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियाका अधिकांश देशले खाद्यान्न र पिउने पानीको अभाव झेल्नुपरिरहेको छ । त्यसरी नै जलवायु परिवर्तनकै कारण विश्व तापक्रममा भएका वृद्धिले नेपाल, भारत, अफगानिस्तान र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकमा हिमाल पग्लने, बाढी, पहिरो, खडेरी र बेमौसमी तथा असन्तुलित वर्षा जस्तो प्राकृतिक प्रकोपका कारण खाद्यान्न उत्पादनमा कमी आइरहेको छ । अर्को दोस्रो प्रमुख र जल्दोबल्दो कारण भूमिको असमान वितरण पनि हो ।

यसरी प्राप्त जानकारीअनुसार करिब ४७ प्रतिशत कृषक परिवारसँग जम्मा ५ प्रतिशत मात्र जमिन छ भने धनी किसानले ३७ प्रतिशत जमिन ओगटेर बसेका छन्। । यसरी ७० प्रतिशतभन्दा बढी गरिब किसानसँग एक हेक्टरभन्दा कम भूमि छ जसबाट हुने उत्पादनले वर्षभरिको खाद्य आवश्यकता परिपूर्ति गर्न सक्दैन । त्यसमाथि बढ्दो अव्यवस्थित सहरीकरणसँगै जग्गाको खण्डीकरण बढ्ने क्रमले दिन दुई गुणा र रात चौगुणाको दरले खेतीयोग्य जमिनमा भौतिक संरचना निर्माण भइरहेका छन् ।

यसको साथसाथै केही वर्षयता आएर बचेखुचेको त्यही खेतीयोग्य जमिनको माटोमा पनि अम्लीयपन बढिरहेको वैज्ञानिक अध्ययनले देखाएको छ । अतः विश्वमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्यान्न कमी हुँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन् । यसरी कृषि उत्पादन क्षेत्र विकास हुन नसकेको कारणले गर्दा खाद्यान्न संकट दिनपरदिन बढ्दो रूपमा रहेको छ । यसलाई परिपूर्ति गर्ने हो कृषिका विविध निकायको सुधार गरी सबैलाई पुग्ने खाना तयार गर्नुपर्ने आज सबैको चासोको विषय पुग्न गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हाम्रो पार्टीको उद्देश्य नै भ्रष्टाचारमुक्त समाज : किशोर देशार