सीमाका वडाध्यक्षसँग सशस्त्र

काठमाडौं । दसैंलगायतका चाडपर्वको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवात गरी सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती वडाका वडाध्यक्षसँग बुधबार शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालको बाहिनी मुख्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बदलिँदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह, सीमावर्ती अपराध तथा गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिका पहिचानलगायत सीमावर्ती इलाकाका समुदाय तथा बासिन्दासँग निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायको खोजी र कार्यान्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

यसैगरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको उपस्थितिमा मधेस प्रदेशस्थित नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न कार्यक्रममा सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती इलाकाका सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखलगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

अतिरिक्त महानिरीक्षक दाहालले सीमा क्षेत्रका जनप्रतिनिधिले भोग्नुपरेको समस्या र सीमानामा भएका समस्या’bout जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल, नेपालको औचित्यता प्रस्ट पार्दै राज्यद्वारा प्रदत्त कार्यादेशमध्ये देशको अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए ।

यसैगरी, कोशी प्रदेशस्थित नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको उपस्थितिमा सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

कोशी प्रदेशको भारत र चीनसँग सीमा जोडिएको ८३, मधेश प्रदेशको १ सय ४३, बाग्मती प्रदेशको २३, गण्डकी प्रदेशको १८, लुम्बिनी प्रदेशको ८९ र सुदूरपश्चिम प्रदेशको ७६ वटा वडाका अधिकांश वडाअध्यक्षको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशको मुस्ताङ, मनाङ र गोर्खाका सीमा जोडिएका वडाका वडाध्यक्षसँग प्रत्यक्ष भिडियो मार्फत अन्तरक्रिया गरिएको थियो भने कर्णाली प्रदेशस्थित सीमावर्ती वडाका वडाध्यक्षहरुसँग निकट भविष्यमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको छ ।

सशस्त्र प्रहरी बल, नेपालले अन्तर्राष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुको संयोजकत्वमा ३ सय २६ वटा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भइरहेको र यसलाई थप प्रभावकारी बनाउन ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा उपस्थित वडाका वडाध्यक्षले सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा व्यवस्थापनमा भएका गतिविधिको सराहना गर्दै सीमामा देखा परेका समस्या, स्थानीय जनताले भोग्नुपरेका कठिनाइलगायतका विषयमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने