बागमती नदी क्षेत्रको सयौं बिगाहा जमिन अतिक्रमण (फोटो फिचर)

रौतहट बृन्दावन नगरपालिका–१ स्थित बाग्मती नदी क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । केही वर्षयताबाट सयौं बिगाहा जमिन स्थानीयबाट अतिक्रमण जारी छ । सर्लाही र रौतहटबीच बग्ने बाग्मती उकास क्षेत्रमा दैनिक अतिक्रमण भइरहेको हो । एकातर्फ रामलाल बृन्दावन साझेदारी वन समूह र अर्कोतिर बाग्मती नदी छ ।

बयरघारी क्षेत्रमा विपन्नमात्र नभएर ‘हुनेखाने’समेत जंगल–झाँडी फाँडेर धमाधम खेत बनाइरहेका छन् । सरकारी जमिन तीव्र रूपमा अतिक्रमण भइरहँदासमेत राज्यले ध्यान नदिएको सरोकारवाला बताउँछन् । यस क्षेत्र वन तथा नदी उकास जमिन अतिक्रमण गर्न बृन्दावन नगरपालिका–३ विश्रामपुरका हरि साह कलवार पनि पुगेका थिए । ‘आङ्खनो जमिन प्रशस्त भए पनि सबैले अतिक्रमण गरेको देखेर घेराबेरा हाल्न आएको’ उनले हाकाहाकी सुनाए ।

साहका अनुसार यस क्षेत्रमा बृन्दावन नगरपालिका–१,२,३ र ४ का बासिन्दाले बढी अतिक्रमण गरेका छन् । ‘मैले त १० कठामात्रै घेराबेरा गरेको छु,’ उनी भन्छन्

अतिक्रमित क्षेत्रमा भैंसी–पाडा पालनसमेत भइरहेको छ । फार्म नै दर्ता गरेर ठूलो टहरा बनाएर व्यावसायिक रूपमै भैंसी तथा पाडा पालन गरिएको छ । यस क्षेत्रमा खरका छानो भएका घर बन्नेक्रम अझ बढ्दो छ । कतिपयले फँडानी गरेरै सस्तो भाउमा जमिन बेच्ने गरेको समेत पाइएको छ ।

अतिक्रमित क्षेत्रमा मकै, गहुँ, मुसुरो, तोरीलगायत खेती व्यापक चलेको छ । हाइब्रिड मकै खेती गर्न बोरिङ पनि व्यवस्था गरिएको छ । अहिले मकै तथा तोरी लहलहलाउँदो अवस्थामा देख्न सकिन्छ ।

अतिक्रमित क्षेत्रभन्दा करिब २ किलोमिटर दूरीमा बलरी सबडिभिजन वन कार्यालय कार्यालय छ । तर, अतिक्रमित क्षेत्रमा वन कर्मचारी पुग्दैनन् । जनशक्ति अभावका कारण जन नसकेको सबडिभिजन प्रमुख अनिल कुमार महतो बताउँछन् । ‘यस क्षेत्र सम्बन्धमा डिभिजन वन कार्यालयमार्फत प्रतिवेदन माग भएको छ,’ उनी भन्छन्, ‘हामी प्रतिवेदन बनाउने क्रममा छौं ।’ राज्यले तारबार गरेर संरक्षण गर्नुपर्ने क्षेत्रमा अतिक्रमण बढ्दै जानु दुखद भएको बृन्दावन नगरपालिका–२ का वडाध्यक्ष सिकेन्द्र पटेल बताउँछन् । डिभिजन वन कार्यालयको दोहोरो नीति र निष्क्रियताका कारण वन क्षेत्रमा अतिक्रमण बढेको उनले औंल्याए । तत्काल डिभिजन वन कार्यालय रौतहटले सक्रियतापूर्वक काम गर्नुपर्ने वडाध्यक्ष पटेलको माग छ ।

यता, डिभिजन वन कार्यालय रौतहट प्रमुख शैलेन्द्र मिश्र अतिक्रमण हटाउन सक्रिय रहेको दाबी गर्छन् । यसका लागि विभिन्न तहतप्काका कार्यालयसँग सल्लाह भइरहेको बताउँदै उनले अतिक्रमण हटाउन सबैको साथ–सहयोग खाँचो रहेको जनाए । ‘अतिक्रमण हटाउन अभियान नै चलाउनुपर्ने भएको छ,’ उनले भने ।

वडा सदस्यविरुद्ध अख्तियारमा उजुरी

रौतहट बृन्दावन नगरपालिका–१ वडा सदस्य रामगणेशप्रसाद पटेल (बच्चु)विरुद्ध सरकारी जग्गा अतिक्रमण गरेको विषयमा अख्तियारमा उजुरी परेको छ । बृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पर्ने सरकारी वन जमिन अतिक्रमण गरी पर्खालसमेत निर्माण तथा गुम्बा बनाउन लगाएर आर्थिक अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

गत २८ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर २२९ रहेको उजुरीका आधारमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वडा सदस्य पटेललाई डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको छ । पटेलले वनको सरकारी जमिनमा गुम्बा बनाउने नाममा अतिक्रमण गर्नुका साथै नगरपालिकाबाट निकासा भएको बजेटमा समेत आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ ।

वडा सदस्य पटेलले अतिक्रमकारीसँग मिलेर रकम असुली गरेको विषयमा उजुरी परेपछि अख्तियारले डिभिजन वन कार्यालयलाई छानबिनका लागि आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रहरीद्वारा हत्या गरिएका कुमार पौडेलको श्रीमती बागमतीको मेयरकाे उमेदवार