आणविक ऊर्जास्रोत युरेनियम

युरेनियम रेडियोधर्मी वस्तु हो । धरतीमा यो वस्तु धातुको रूपमा रहेको हुन्छ । वर्गका हिसाबले खनिज पदार्थमा पर्ने युरेनियमले लगातार ऊर्जावान विकिरण पैदा गर्नसक्ने क्षमता राख्दछ । समयावधिका हिसाबले यो धातु अन्य धातुहरूको तुलनामा दीर्घजीवी हुन्छ ।

त्यसैले पनि युरेनियमको खोजीमा शक्तिकेन्द्रका विज्ञ तथा विशेषज्ञ आधुनिक यन्त्रसहित संसारका हरेक भागमा लगातार खटिरहेका छन् । अध्ययन अनुसन्धानपछि युरेनियम रहेका क्षेत्रहरू ती शक्तिकेन्द्रको कुनै न कुनै किसिमको कब्जामा परेका हुन्छन् । युरेनियम रहेका अविकसित भनिने देशहरूमाथि युद्ध थोपरेर वा सन्धिसम्झौता गरेर शक्तिकेन्द्रहरू लागिपरिरहेका छन् ।

युरेनियम उत्खनन् र प्रशोधनका लागि लामो समय लाग्ने भएकाले यसमा सम्बन्धित सबैका लगानी जोखिम बढि नै हुने गर्दछ । खानीबाट निकालिएको युरेनियमलाई जस्ताको तस्तै प्रयोग गर्न सकिदैन, प्रशोधन गर्नु पर्दछ ।

यसका लागि आधुनिक मेसिन तथा प्रविधिका साथै ज्ञान र सीपको आवश्यकता पर्दछ । प्रशोधनका क्रममा युरेनियम पगाल्न २८८० डिग्री तापक्रम आवश्यक पर्छ । युरेनियम आणविक ऊर्जा पनि हो ।

यो बहुमूल्य उर्जामय धातुका अभावमा आणविक तथा परमाणविक परीक्षण सम्भव पनि हुँदैन । त्यतिमात्र होइन, अहिले त युरेनियम दैनन्दिनको उर्जाशक्ति स्रोतका रूपमा प्रयोगमा आइसकेको छ । बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हङ्गेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेनलगायतका देशहरूमा दैनिक विजुली आपूर्ति युरेनियमको आणविक भट्टीबाट हुँदै आएको छ ।

नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभङ्गाले, चिरूवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेकका साथै लाङटाङ हिमालमा पनि युरेनियमको भण्डार रहेको छ ।

नेपालमा युरेनियमको खोजी कमै भएको छ । कारण यहाँ उर्जा कारखाना छैनन् । भएको जलस्रोतको पनि उचित सदुपयोग हुन सकिरहेको छैन । युरेनियम प्रयोगको कुरा त टाढाकै विषय हुन गएको छ । आजको विश्व वैज्ञानिक चमत्कारसँग नेपाल हेलिन सकिरहेको छैन । त्यसैले आणविक उर्जाका रूमा रहेको युरेनियमको प्रयोग नेपालका लागि केही टाढाको विषय बन्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार ज्ञानेन्द्रपथमा : मिडियाविरुद्ध प्रतिशोधात्मक कारबाही

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य