माथिल्लो मुगुमा चिसो बढ्यो, बेसी झर्दै गाउँले

मुगु । पुस दोस्रो साता सुरु हुँदैगर्दा हिमाली बस्ती अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुवासी तातो र पारिलो बेसी झर्न थालेका छन् ।

पूर्वी–उत्तरी भेग करान कार्मारोङ गाउँपालिकाका वस्तीमा हिउँ नपरे बग्ने पानी र चिसोले बरफ जम्न थालेपछि पशु–चौपाया, बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवतीलाई समेत चिसोले सताउन थालेपछि गाउँले बेसी थालेका हुन् ।

कार्मारोङ गाउँपालिकाको तिब्बती सीमावर्ती मुगु गाउँका स्थानीय, दोल्फु र चिताई गाउँका बासिन्दा तातो हुने स्थान चिताई कुना, पिपलेडी सिरान चौरका साथै गमगढी धमाधम झर्न थालेका छन् ।

सो गाउँपालिकाको कार्ती, ताखा, खारीलगायतका केही स्थानीय पनि गमगढी पायक पर्ने बेसी झर्न थालेका छन् । सो गाउँपालिकाका केही वस्ती उच्चहिमाली भेगका बासिन्दा पुस–माघको चिसो छल्न चौरी, घोडा, गाईसहित आफूहरू झर्ने गरेको कार्मारोङ गाउँपालिका–१ का गोटुप लामा बताउँछन् ।

त्यस्तै, करानकै दोल्फुका गाउँले सदरमुकाम गमगढी र पायक पर्ने बेसी झर्ने गर्छन् । पुस–माघमा पूर्वी–उत्तरी भेगका कार्मारोङका ताखा, खारी, दोल्फु, वाङरी, पुलु, कार्ति, किम्री गाउँमा चिसोले बस्न कठिनाइ हुने भएकाले यहाँका गाउँले जाडो छल्न बेसी झर्ने गरेका छन् । पाल्तु चौपाया बेसीमा ल्याएर पाल्ने चलनसमेत रहेको छ ।

सो गाउँका बासिन्दा बेसीसँगै जाडो छल्नकै लागि सदरमुकाम गमगढी, सुर्खेत, काठमाडौं, नेपालगन्जमा दुई महिना बस्ने गर्छन् । अत्यधिक चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र विशेषगरी सुत्केरीको दैनिकी कष्टकर बन्ने गरेको छ ।

चिसो महिना यहाँका सरकारी विद्यालयमा १५ पुसबाट लागू हुनेगरी ४५ दिन ‘जाडो बिदा’ दिइने गरिएको छ । हिउँदमा स्थानीय बेसी झर्ने चलन रहेकाले प्रायः गाउँ सुनसान हुने गर्छ ।

चिसो बढेसँगै मुगु सीमा प्रहरीचौकीलाई पनि जिल्ला प्रहरी कार्यालय गमगढीमा ६ महिनाका लागि तानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज