क्यान्सरलाई पाठ्य पुस्तकमा राख्नु पर्ने माग

लमजुङ । लमजुङमा आयोजित एक कार्यक्रममा वक्ताले क्यान्सरलाई पाठ्य पुस्तकमा राख्नु पर्ने माग गरेका छन् । क्यान्सर दिवस– २०२४ को सन्दर्भमा आयोजित लमजुङमा जिल्लाव्यापी माविस्तरीय वक्तृत्वकला प्रतियोगिताका वक्ताहरूले त्यस्तो माग गरेका हुन् ।

सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्थानीय पाठ्यक्रममा भने पनि क्यान्सर विषय पढाउनु पर्ने माग गरिएको हो । मेयर कोइरालाले नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । यसअघि यस विषयमा प्रश्न नउठे पनि स्थानीय पाठ्यक्रममा क्यान्सर रोग राख्नु् पर्ने मागप्रति आफ्नो ध्यानाकर्षण भएको र यस’boutमा छलफल अघि बताउने प्रतिवद्धता व्यक्त गरे ।

जिल्लाव्यापी माविस्तरीय वक्तृत्वकला प्रतियोगिता

उनले क्यान्सरका रोगीलाई उपचारका लागि मासिक पाँच सय रुपैयाँ संघीय सरकारले स्थानीय तहमार्फत उपलब्ध गराउने जानकारी दिए । योग, ध्यानले पनि रोग न्यूनिकरण गर्न सक्छ तर त्यसतर्फ हाम्रो ध्यान जान सकेको छैन उनले भने ।

सो अवसरमा भविष्य निर्माण माविको व्यवस्थापन समितिका अध्यक्ष मुन पन्त खत्रीले अज्ञानताका कारण कतिपय महिलाले यो रोग लुकाएर राख्ने गरेको उल्लेख गर्दै आफ्नो स्वास्थ्यप्रति लापरवाही नगर्न आग्रह गरिन् । उनले पनि क्यान्सर पाठ्यक्रममा हुनुपर्छ.भन्ने यो कार्यक्रमले बोध गराएको बताएकी थिइन् । प्रतियोगितामा भाग लिने अधिकांश विद्यार्थीहरूले समेत पाठ्यपुस्तकमा क्यान्सर राख्नु पर्ने माग गरेका थिए ।

सो अवसरमा अर्बुद रोग निवारण संस्थाका प्रदेश सयोजक रामप्रसाद बस्ताकोटी, अर्बुद रोग निवारण संस्था कास्कीका सभापति प्रेम भुजेल लगायतले क्यान्सर र संस्थाका ’boutमा जानकारी गराएका थिए ।

‘क्यान्सरका बिरामीको हेरचाहमा हुने असमानताको अन्त्य गरौं’ भन्ने विषयमा गरिएको वक्तत्वकला प्रतियोगितामा भाग लिने अधिकांश छात्राहरू थिए । सो प्रतियोगिताको तीन सय पूर्णंकमा २४२ अंकका साथ फ्युचरस्टार आमाविका छात्रा कञ्चन कुँवर पहिलो, २४१.५ अंक ल्याएर विद्याज्योती माविका अनुपम गौतल दोस्रो, शान्ती माविका २२८ का अर्पणा गौली तेस्रो भए । यसैगरी, जनकल्याण मावि उदीपुरका अनुपा जोशी र सर्वोदय मावि दुराडाँडाका साँफिया विकले सान्त्वना स्थान हासिल गरे । उनीहरूले क्रमशः २१९ र २०८ अंक ल्याएको निर्णायक समितिका संयोजक रबिप्रसाद बरालले बताए ।

प्रतियोगितामा एक विद्यालयका एक जना विद्यार्थीका दरले १६ जनाले भाग लिएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो क्रमशः छ हजार, चार हजार, दुई हजार पाँच सय र सान्त्वना दुई जनालाई जनही एक हजार पाँच सयका दर पुरस्कार प्रदान गरेको आयोजक संस्थाका कोषाध्यक्ष होमबहादुर रावतले बताए ।

अयोजक संस्थाका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाका उपसभापति नवराज बरालले स्वागत तथा महिला उपसभापति शोभा ठकुरीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित