सुनकोसी–मरिण डाइभर्सन: ४५ दिनदेखि सुरुङ खन्ने काम अवरुद्ध

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम छैटौंपटक अवरुद्ध भएको छ । ४५ दिनदेखि सुख्खा धुलो पहिरो र हिलोका कारण टीवीएम मेसिनले सुरुङ खन्ने काम गर्न नसकेको आयोजनाले जनाएको छ । टीवीएम मेसिन मसिनो लेसिलो धुलो र हिलोले चारैतिरबाट जाम भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालन

यसअघि तेस्रोपटक ९ दशमलव २२७ किलोमिटरमा सबैभन्दा लामो समय आयोजनाको काम ५६ दिन अवरुद्ध भएको थियो । आयोजनाले मंगलबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै आयोजनाको प्रगति र काममा आएको समस्या’bout छलफलसमेत गरेको छ ।

पत्रकारहरुसँग छलफल गर्दै सुनकोशी–मरिण डाइभर्सनको सुरुङ निर्माणमा समस्या आएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । मंसिर ११ गते अवरुद्ध भएको टनेल निर्माणको काम २४ मिटर खनेपछि ९ पुसमा पुनः अवरुद्ध भएको बरालले जानकारी दिएका छन् । अढाई महिनाको अवधिमा ५६ मिटर मात्र सुरुङ निर्माण सम्पन्न भएको छ ।

चौथोपटक एक दिन, पाँचांैपटक २५ दिन सुरुङ निर्माणको काम अवरुद्ध भएको थियो । पुस ९ गतेसम्म आयोजनाको सुरुङ निर्माणको काम १० दशमलव ५४५ किलोमिटर सकिएको छ ।

मेसिनको दुवैपट्टिबाट बाइपास निर्माणको काम भइरहेको छ । केमिकलको प्रयोग, बाइपास निर्माण जस्ता काम गर्दा समेत धुलो र हिलोसहितको पहिरो खस्ने क्रम नरोकिएपछि अन्तर्राष्ट्रिय विज्ञको सहायता लिइएको समेत आयोजना प्रमुख बरालले जानकारी दिएका छन् ।

बरालले सुरुङका विज्ञहरू रविन्स अमेरिका, स्मेक अस्ट्रेलिया र चाइना कोभेक्सका विज्ञको सहायतामा सुरुङको अवरोध हटाउने प्रयास थालिएको जानकारी दिए ।

‘एक सातादेखि उनीहरूले काम सुरु गरेका छन् तर सुरुङमा पहिरो नियन्त्रण हुन सकेको छैन । कम्तीमा ९० मिटरसम्म यस्तो समस्या आउने अनुमान गरिएको छ,’ आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार, भौगोलिक समस्या १५० मिटरसम्म रहेको अन्दाज गरिएकोमा २४ मिटर खनेर सकिएको छ । अब आयोजनाले विज्ञको सहायतामा टीवीएम मेसिनको फोर्स प्रयोग गर्नेछ ।

त्यसपछि पनि समस्या समाधान नभए मान्छेले नै सुरुङ खन्नुको विकल्प नहुने आयोजनाले जनाएको छ । मानवीय सहायतामा सुरुङ निर्माण गर्नुपरेमा ९० मिटर खन्नका लागि ८÷९ महिना लाग्ने अनुमान गरिएको छ ।

सोही दूरी मेसिनबाट खन्न ३ दिन मात्र लाग्ने छ । भूप्राविधिक प्रतिवेदनभन्दा फरक खालको भौगोलिक संरचना भेटिएकाले भूप्राविधिक आधार रेखा प्रतिवेदन समेत असफल भएको उनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष