हुन पर्ने जति काम भएनः मन्त्री जोशी

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गरेको विकासका लागि बहस कार्यक्रममा बोल्दै मन्त्री जोशी । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले हुनु पर्ने जति काम नभएको बताएका छन । नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसका अवसरमा शुक्रबार महासंघको डडेल्धुरा शाखाले आयोजना गरेको विकासका लागि बहस कार्यक्रममा बोल्दै मन्त्री जोशीले सरकारले गर्नुपर्ने काम गर्न नसकेको बताए । देश संघियतामा गएपछि सरकारले गाउँ गाउँमा सिंहदरबार भनी प्रचार गरे जस्तो काम हुन नसकेको उनले बताए । जनताले अपेक्षा धेरै गरे पनि तीनै तहका सरकार बिच समन्वय नहुदा सरकारले काम गर्न नसकेको उनको भनाई थियो ।

तीनवटै तहबीच समन्वय गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले संघिय सरकार प्रति प्रदेश र स्थानीय सरकारका गुनासा रहने बताए । कतिपय ऐन कानून पारित हुन नसक्दा अधिकार प्राप्त नभएको गुनासो प्रदेश र स्थानीय सरकारले संघिय सरकारलाई गर्ने उनले बताए । संघीयता बलियो बनाउन र तीनै सरकारका काम सुधार गर्नका लागि छलफल गरिरहेको उनले बताए । भर्खरै मात्रै मन्त्री पद सम्हालेको उल्लेख गर्दै उनले संघिय मामिला र कर्मचारीको व्यवस्थापनमा लागि पर्ने बताए ।

कर्मचारीको क्षमता बढाउन सकिएको छैन । उनले भने, कर्मचारीको व्यवस्थापन पनि चुनौतीपूर्ण छ । संघमा रहेका कर्मचारीलाई आवश्यक अनुसार सरुवा गर्न सकिन्छ । तर स्थानीय तहमा रहेका कर्मचारीहरू सरुवा गर्न कठिन छ । क्षमताका आधारमा सरुवा बढुवा गर्नसमेत कठिनाई हुने गरेको उनले बताए ।

सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई पठाउन नसकिएको उनले बताए । जनतामा रहेका निरासाहरूलाई चिर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै मन्त्री जोशीले सबैसँग छलफल गरेर संघीयतालाई बलियो बनाउन लागिरहेको र यस कार्यमा अहोरात्र खटिएर काम गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाटीले उपेक्षा गरेको भन्दै एमालेका राउत र खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता