लिम्बु संस्कृतिमाथि युक्पुङ

काठमाडौं । लिम्बू संस्कृति र मौलिकतामा आधारित रहेर चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ प्रदर्शनको तयारीमा रहेको छ । यो चलचित्र आगामी २९ बैशाखमा काठमाडौंमा रिलिज हुने भएको छ ।

यसै क्रममा काठमाडौंमा एक समारोहबचि यो चलचित्रको ट्रेलर र एउटा गीत सार्वजनिक गरिएको छ । गीत तथा ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माणपक्षले चलचित्र प्रदर्शन’bout जानकारी गराएको हो ।

यो चलचित्रमा मदन वनेम र यासेली योङहाङको शब्द रहेको छ । चलचित्रमा पाश्र्वसंगीत मदन वनेमकै रहेको छ । यो चलचित्र काठमाडौंभन्दा अगाडि हङकङमा भने १९ बैशाखमै रिलिज गरिने भएको छ ।

नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ‘युक्पुङ’लाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी अब्बल मानिएका दिनेश माङुमुको ‘युक्पुङ’ डेब्यू चलचित्र हो । निर्देशक माङ्मुका अनुसार चलचित्र ‘थुक्पुङ’मा एउटा बस्तीको कथा रहेको छ ।

सार्वजनिक ट्रेलरले पनि चलचित्र पूर्वको एउटा वस्तीमाथि केन्द्रीत रहेर तयार पारिएको प्रष्टाउँछ । सहरबाट अध्यापनका लागि गाउँ पुगेका एक शिक्षक, जो मातृभाषा र पालाम बुझ्दैनन् । तिनै शिक्षित युवा र गाउँबस्तीमा हुर्केकी अनपढ तर मातृभाषा र मौलिक संस्कुतिप्रति जागरुक युवतीबिचको प्रेम र संघर्षलाई ‘युक्पुङ’मा प्रस्तुत गरिएको निर्देशक माङमुले बताए ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको यस चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेन लगायतले अभिनय रहेको छ । नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा (सियेम), इन्दु लावती र ममता यक्सोको निर्माण रहेको चलचित्र युक्पुङमा रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य–सहायक निर्देशन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी