रिर्पोट नआउदै क्वारेन्टाईनबाट घर पठाईएका ५८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिकाले क्वारेन्टाईनबाट घर पठाएकाहरुमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गाउपालिकाले कोरोना परिक्षणका लागि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि एक हप्ता अघि घर पठाएको थियो । कोरोना परिक्षणको रिर्पोट नआउदै घर पठाएका गन्यापधुरा गाउपालिकाका ५८ जना संक्रमण भएको रिर्पोट विहिबार आएपछि गाउपालिका भरि नै सन्त्रास फैलिएको छ ।

क्वारेन्टाइनमा राखेको १४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वाब परिक्षणको रिर्पोट ढिला भएकोले क्वारेन्टाईनबाट घर पठाएको गन्यापधुरा स्वास्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्यालले बताए । उनले भने ‘रिर्पोट आउन ढिला भयो कसै व्यक्तिमा पनि लक्षण देखिएको थिएन त्यसैले हामीले घर पठाएका हौ ।’

विहिबार डडेल्धुरा जिल्लाका ८३ जनामा कोरोना रोग संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा गन्यापधुरा गाउपालिका वडा नं. ३मा १९ जना,वडा नं.४मा १५ जना,वडा नं.५मा १ जना वडा नं.२मा २३ जना रहेका छन् यस्तै अजयमेरु गाउपालिका वडा नं. १ मा १ जना र वडा नं.२ मा ३ जना रहेका छन् डडेल्धुराकै परशुराम नगरपालिका वडा नं. ३मा १ जना,वडा नं.४ मा २ जना, वडा नं.५मा १०जना वडा नं.६मा १ जना र वडा नं.७ मा ८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

कोरोना परिक्षणको रिर्पोट नआउदै घर पठाएका गन्यापधुरा गाउपालिकाका ५८ जना संक्रमण भएको रिर्पोट विहिबार आएपछि गाउपालिका भरि नै सन्त्रास फैलिएको छ

अजयमेरु गाउपालिका ४ जना कोरोना पोजेटिभहरु क्वारेन्टाईन मै रहेका अजयमेरु स्वास्थ्य शाखा प्रमुख हिक्मत बहादुर कठायले बताए ।

परशुराम नगरपालिकामा २२ जना कोरोना पोजेटिभ देखिएका मध्ये अधिकाँश व्यक्तिहरु पनि क्वारेन्टाईनबाट घर गै सकेको परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए उनले भने परिगाउ क्षेत्रका व्यक्तिहरु क्वारेन्टाईनबाट घर फर्किएका हुन् ।

डडेल्धुरा जिल्लाका सवै स्थानीय तहहरुले आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको स्वाव संकलन गरि क्वारेन्टाईनबाट घर पठाउदै आएका छन् । पीसिआर परिक्षणको रिपोट नआउदै स्थानीय तहहरुले घर पठाउदै गर्दा क्वारेन्टाईन बसेका परिवारका साथै छिमेकीहरुलाई समेत कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको छ ।

आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरु क्वारेन्टाईनबाट गए पनि घरमा सुरक्षित तरिकाले बसेकाले गाउपालिका अध्यक्ष अध्यक्ष नवल मल्लले बताएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उनले भने ‘रिपोट आउन ढिला भयो क्वारेन्टाईनमा निश्चित समय पुरा गरेर गएका छन् र घरपरिवारहरुलाई पनि जोखिम त छ ।’

गाउपालिकाहरुले आरडीटी पोजेटिभ भएका व्यक्तिहरु होम क्वारेन्टाईनमा सुरक्षित बसेको बताए पनि आरडीटी पोजेटिभ व्यक्तिहरु पीसिआर रिर्पोट नआउदै खुलेयाम गाउघर तथा साथीभाइृहरु संग घुमिरहेका छन् ।

स्थानीय तहहरुले क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिहरु डडेल्धुरा जिल्ला सदरमुकामका पसलहरु खुलेसंगै पसलहरुमा किनमेल तथा बजारमा घुमघाम गरिरहेका छन् । पीसीआर रिपोट नआउदै आरडीटि पोजेटिभहरुलाई स्थानीय तहहरुले घर पठाउन कार्य ठिक नभएको उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए । उनले भने ‘सरकारले नै घुमाउरो पारामा कोरोना रोग संक्रमण भएका व्यक्तिहरुलाई व्यवस्थापन गर्न नसक्ने गरि लक्षण नदिएका व्यक्तिहरुलाई होम क्वारेन्टाईनमा राख्ने गर्नु नै गलत रहेको छ ।’

उनको भनाई अनुसार स्थानीय तहहरुले कम्तीमा आरडीटी पोजेटिभ भएका व्यक्तिहरुलाई पीसिआर रिर्पोट आउदा सम्म क्वारेन्टाईनमा राख्नु पथ्र्यो । तर त्यस गर्न नसक्दा संक्रमण देखिएका व्यक्तिका परिवार मात्रै हैन डडेल्धुराका सवै नागरिक असुरक्षित भएका छन् । कोरोना परिक्षणको रिपोट नआउदै घर पठाउने कार्यले व्यापार व्यवसाय गर्ने व्यक्तिहरु पनि जोखिममा देखिएका छन् । यसरी जोखिम बढ्दै गए भोलिका दिनहरुमा दैनिक उपभोग्य वस्तुको आपुर्ति समेत बन्द हुने अवस्था सिर्जना नहोला भन्न सकिदैन र यसका लागी तीनै तहका सरकारहरुले ध्यान दिनु जरुरी रहेको समेत उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी