भैसी चराउन गएका गोरे थापाको बाघको आक्रमणमा परी मृत्यु

सांकेतिक तस्वीर

 

बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जनाकारी दिए ।

शनिबार भैंसी चराउन घर नजिकैको सामुदायिक वन गएका उनी घर नफर्किएपछि निकुञ्जको टोलीले खोजी गरेको थियो । हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी मध्यवर्ती सामुदायिक वनमा थापा आईतबार बिहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए ।

यसअघि गत असार २१ गते मात्रै मधुवन नगरपालिका–३ का ६७ वर्षीय चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । योसहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ । निकुञ्ज प्रशासनले मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्व न्यूनीकरणका लागि प्रयास थालेको बताए पनि द्वन्द्व अझ बढ्दो छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी