ईश्वरपुरमा निःशुल्क आँखा शिविरमा ७ सय ३६ जनाले गराए आँखा जाँच

सर्लाही । सर्लाहीको ईश्वरपुरमा आज तेश्रो दिन पनि निःशुल्क आँखा शिविर चलेको छ । शिविरमा तिन दिनमा ७ सय ३६ जनाले निःशुल्क आँखाको जाँच गराएका छन भने विहीबार १ सय २ जनाको सफलता पुर्वक शल्यक्रिया गरिएको छ । यो शिविर ईश्वरपुर नगरपालिका, भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य संगठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगरसँगको समन्वयमा सञ्चालन गरिएको हो।

मंगलवारदेखि सुरु भएको निःशुल्क आँखा शिविरमा बुधवार र आजको गरी ७ सय ३६ बिरामीको आँखा जाँच गरिएको भरतपुर आँखा अस्पतालका बाहय कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए । विहीबार मोतियाबिन्दु र मासुपलायको अपरेशन गरिएको संयोजक घिमिरेले जानकारी दिए ।

पहिलो दिन मंगलवार १७५ जना मध्ये ५४ बिरामी, दोश्रो दिन २३५ जनामा ७६ र तेश्रो दिन विहीबार २२६ जना मध्ये ७१ ज्ना बिरामीहरुलाई अपरेशनका लागि सिफारिस गरिएको संयोजक घिमिरेले बताए । अब भोली र पर्सी सम्म आँखाको परिक्षण गरिने र मोतियाबिन्दु र मासुपलायको बिरामीको अपरेसन ईश्वरपुर–९, गैचरण स्थित आँखा उपचार केन्द्रमा मंसिर २ गतेसम्म गरिने छ ।

शिविरमा निःशुल्क चश्मा तथा आवश्यक औषधि पनि वितरण भइरहेकोे ईश्वरपुरका शिक्षक तथा समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिए । यसैगरी तिन नि देखि चलिरहेको शिविरमा नगर प्रमुख मनोज कुमार आचार्यले अनुगमण समेत गरिरहेको समाजसेवी युवा चौधरीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा सुनुवाइमा विलम्ब

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोपी हमालले झण्डै दोब्बर मतले जित्न लाग्नुको कारण यस्तो छ