उदयपुरमा यही वर्ष पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य

उदयपुर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष भित्र उदयपुरलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ । प्राधिकरणले चालु वर्ष भित्रै जिल्लाका सबै घरधुरीमा विद्युत् सेवा उपभोग गराइ सक्ने लक्ष्य लिएको हो ।

वितरण केन्द्र प्रमुख विजयबाबु खत्रीले उदयपुरमा ९५ प्रतिशत नागरिकले विद्युत् उपभोग गरि रहेको बताए । उनले बाँकी रहेको पाँच प्रतिशतमा पनि चालु वर्षको असार मसान्तभित्रमा विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले रहेको जनाए । अहिले सम्म उदयपुरको आठ वटा स्थानीय तहमा विद्युतीकरण भइ सकेको भए पनि छिटफुट जनता अझै बिजुली बिहीन अवस्थामै छन, प्रमुख खत्रीले भने, ‘बाँकी पाँच प्रतिशतमा विद्युत् सेवा उपभोग गर्न नपाएका जनताले आउँदो असारभित्र उज्यालो पाइ सक्ने गरी काम गरिहेकाछौं ।

गत आर्थिक वर्ष उदयपुरमा २१ प्रतिशत ग्राहक बृद्धि भएको जानकारी दिए । अघिल्लो वर्ष सम्म ६० हजार ६३ ग्राहक रहेको उदयपुरमा गएको असार मसान्तसम्म १२ हजार नौ सय २३ बृद्धि भएर अहिले ७२ हजार नौ सय ८६ ग्राहक संख्या पुगेको कार्यालय प्रमुख खत्रीले बताए । गत वर्ष प्राधिकरणले महसुल नतिर्ने दुई हजार एक सय १४ ग्राहकको लाइन काटेको थियो । जसबाट प्राधिकरणले एक करोड ७५ लाख ३० हजार बक्यौता असुलेको खत्रीको भनाइ छ । जस मध्ये दुई हजार ११ ग्राहकको लाइन पुनःजडान भएको र त्यसबाट एक करोड ७८ लाख तीन हजार रूपैयाँ महसुल प्राधिकरणमा जम्मा भएको खत्रीले बताए ।

वितरण केन्द्रले ठूलो परिमाणको विद्युत् महसुल सरकारी कार्यालयहरूले नै तिर्न बाँकी रहेको जनाएको छ । केन्द्रका लेखा अधिकृत राजन राईका अनुसार पूर्ण सरकारी स्वामित्वको संस्थान उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले र त्रियुगा नगरपालिकाले नै करोडौं महसुल तिर्न बाँकी छ । उसिउलिको बक्यौता रकम टं«क तथा डेडिकेटेड फिडर लाइनको हो भने त्रियुगा र रौतामाई गाउँपालिकाले सडक बत्तीको बक्यौता नबुझाएका हुन् ।

ठूलो परिमाणको बक्यौता उसिउलिको २०८१ साउन मसान्तसम्म हर्जाना सहित ६२ करोड ९९ लाख ३२ हजार प्राधिकरणलाई तिर्न बाँकी छ । त्रियुगा नगरपालिकाको गत वर्ष देखिको हर्जना सहित ३ करोड ३४ लाख ३६ हजार नौ सय ६१ रूपैयाँ बक्यौता पुगेको छ । रौतामाईले पनि हर्जाना सहित एक लाख ९४ हजार पाँच सय ६९ रूपयाँ प्राधिकरणलाई बुझाउन बाँकी रहेको अधिकृत राईले बताए ।

उसिउलिलाई हर्जाना मात्र १२ करोड, ५९ लाख ८६ हजार चार सय २० रूपैयाँ तिर्नु पर्ने भएको छ । त्यस्तै त्रियुगा नगरपालिकाको हर्जाना ६६ लाख ८७ हजार तीन सय ९२ पुगेको छ । रौतामाई गाउँपालिकालाई पनि ३८ हजार नौ सय १३ रूपयाँ हर्जाना बापतको महसुल जोडिएको छ ।

प्राधिकरणले हर्जाना बापत मात्र १३ करोड २७ लाख १२ हजार सात सय पाँच रूपैयाँ उठाउनु पर्ने भएको छ । यसरी वितरण केन्द्रले यी तीन सरकारी कार्यालयबाट मात्र ६६ करोड ३५ लाख ६३ हजार ६ सय ३२ रूपैयाँ महसुल असुल गर्न बाँकी रहेको लेखा अधिकृत राईले बताए ।

ठूलो परिमाणको बक्यौता नतिरेपछि प्राधिकरणले उसिउलिको लाइन गत वर्ष नै काटेको थियो भने त्रियुगाको सडक बत्तीको लाइन ६ महिना अघि काटेको थियो । सरकारी स्वामित्वको संस्थान भएकाले मन्त्रालयको अनुरोधमा केही रकम बुझाएपछि उद्योगको लाइन जोडिएको थियो भने नगरपालिकाले दुई लाख हर्जाना बुझाएपछि लाइन जोडेको थियो । त्रियुगाले २०८१ साउनदेखि किस्तामा महसुल बुझाउने सम्झौता गरेको छ भने उद्योगले भने आङ्खनै कर्मचारीलाई तलब भत्ता दिन नसकेको अवस्थामा मन्त्रालयकै जिम्मा सुम्फेको जवाफ प्राधिकरणलाई दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सातै प्रदेशमा कांग्रेस पहिलो