घुम्ती सेवामार्फत किसानका तरकारी टोलटोलमा

बर्दिया । लामोसमयको बन्दाबन्दीले बारीमै तरकारी खेर जाने अवस्था आउन थालेपछि किसानले उत्पादन गरेको तरकारी टोलटोलमा लगेर बिक्रि गर्न थालिएको छ । किसानले उत्पादन गरेको तरकारी खेर जान नदिन यहाँ घुम्ती सेवामार्फत तरकारी बिक्रि गर्न लागिएको हो । ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहजीकरणमा किसानले उत्पादन गरेको तरकारी बिक्रिका लागि घुम्ती सेवा सुरु गरिएको छ । लकडाउनका लम्बिदै जाँदा किसानको तरकारी बारीमै खेर नजाओस् भनेर ठाकुरबाबा नगरपालिकाको सहजीकरणमा तरकारी संकलन तथा विक्रि वितरण घुम्ती सेवा संचालन गरिएको कृषि शाखाका प्रमुख ध्रुवराज बमले जानकारी दिए ।

नेउलापुर कृषि उपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने गर्छ । संकलन भएको तरकारी नगरपालिकाले गाडीमा राखेर नगरको टोलटोलमा पुर्याउने गरेको छ । विहान ९ बजेदेखि साझ ६ बजेसम्म टोलटोलमा पुर्याएर तरकारी बिक्रि गर्ने गरिएको छ । नगरका टोलबासीलाई पायक पर्ने १० स्थानमा गाडी रोकेर तरकारी बच्ने गरिएको छ । एउटा टोलमा करिव एक घण्टादेखि डेढ घण्टासम्म गाडी रोकेर गरेर बिक्रि गर्ने गरिएको छ ।

नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेको लौका, बोडी, भिण्डी, करेला, काक्रो, फर्सी र सागपातजस्ता हरिया तरकारी बिक्रि हुने गरेको कृषि शाखाले जनाएको छ । नेउलापुर कृषि उपज बजार समितिले तरकारी संकलन र बिक्रि उपसमिति बनाई त्यो उपसमितिलाई किसानको तरकारी संकलन र बिक्रिको जिम्मेबारी दिएको छ । किसानसँग बारीमै तरकारीको मूल्य तय गरि तरकारी भए बिक्रि गरेर अर्को दिन किसानलाई भुक्तानी दिने गरिएको गरिएको नेउलापुर कृषि उपज बजार समितिका सचिब सविन जंग शाहीले बताए ।

तरकारीको बिक्रि मूल्य नेउलापुर कृषि उपज बजार समिति र कृषि शाखाको समन्वयमा तय गर्ने गरिएको छ । तरकारीको थोक तथा फुटकर मूल्य कायम गरि बिक्रि वितरण गर्ने गरिएको छ । तरकारी बिक्रिको हरहिसाब उपसमितिले राख्ने गर्छ । नगरको कृषि शाखाले बजारीकरण तथा प्रविधिक सहयोग गर्ने गरेको छ । घुम्ती सेवामार्फत बिक्रि हुने तरकारी बजार मूल्य भन्दा कम हुने गरेको कृषि शाखाका प्रमुख ध्रुवराज बमले जानकारी दिए ।

नगरका ९ वटै वडाका किसानको तरकारी आलोपालो गरेर संकलन गर्ने गरिएको छ । नगरमा तरकारी धेरै संकलन भएमा अन्य पालिका तथा बाहिरी जिल्लामा समेत घुम्ती सेवा संचालन गर्ने योजना रहेको कृषि शाखा प्रमुख बमले बताए ।

लकडाउनले बजार तथा होटेल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्रि हुन सकेको थिएन । तरकारी बिक्रि नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका तरकारी किसान बारीबाटै तरकारी बिक्रि हुन थालेपछि खुशी भएका छन् । भने उपभोक्तालाई पनि तरकारी किन्न बजार जानु पर्ने बाध्यता हटेको छ । बारीबाटै तरकारी उठ्न थालेपछि निकै सहज भएको तरकारी उत्पादक किसान बलबहादुर थापाले बताए । उनले भने, ‘लकडाउन लम्बिदै जाँदा तरकारी बारीमै सडने अवस्था थियो । घुम्ती सेवा सुरु भएपछि किसानलाई तरकारी बिक्रि गर्न समस्या नहुने भयो ।’ थोरैकेही किसानले अझै पनि साइकलमा तरकारी राखेर टोलटोल घुम्ने गरेका छन् । बजार भन्दा सस्तोमा गाउँ टोलमै ताजा हरियो तरकारी किन्न पाएपछि नगरबासी पनि खुशी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर