नाढीमन तालमा यक्ष दह उद्यान निर्माण जनअभियान शुभारम्भ

सर्लाही । चन्द्रनगर गाउँपालिकाको गौरव र सम्पदाको प्रतीक मानिने नाढीमन तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण, सौन्दर्यीकरण तथा प्रवर्दनका लागि ‘यक्ष दह उद्यान निर्माण जनअभियान २०८२’ को सोमबारबाट शुभारम्भ भएको छ। चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आज कल्पवृक्षको विरुवा रोपरर जनअभियानको सुरुवात गरेका हुन् ।

२ हजार बढी फुल र विरुवा रोपिने

नाढीमन तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण, सौन्दर्यीकरण तथा प्रवर्दनका लागि २ हजार २ सय विभिन्न प्रजाती फुल र रैथाने बिरुवा रोपिने तथा व्यक्तिगत खर्चमा आफुले १० वटा विरुवा रोपने अध्यक्ष महतोले घोषणा गरे ।

उनले विभिन्न प्रजाती फुल र रैथाने बिरुवा रोप्न गाउँपालिकाले खर्च नगरी नागरिकले आफ्नो लगानीमा फुल र विरुवा रोपने भएको हुदा यसलाई नाढीमन तालमा यक्ष दह उद्यान निर्माण जनअभियान नामकरण गरिएको अध्यक्ष महतोले बताए । गाउँपालिकाले सबै सरोकारवाला, जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता, संघसंस्था तथा स्थानीय बासिन्दाहरूलाई यो अभियानमा सहभागी गराउने उनले बताए ।

अध्यक्ष महतोले फुल र बिरुवा ३ किलोमिटरसम्म रोपिने र फुल तथा विरुवा संरक्षण गर्न फलाम र जालीको घेरा गरी ६ जना कर्मचारी भर्ना गरिने बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश यादवले नाढीमन ताललाई सौन्दर्यकरण गरेर वास्तवमै सबै किसिमले प्राकृतिक बनाइने बताए ।

शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख मोतीप्रसाद भटराईले नाढीमन तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण, सौन्दर्यीकरण तथा प्रवर्दन अन्तर्गत २२ सय बिरुवा सहजै रुपमा रोपिन सकिने बताए । उनले पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने तथा रोजगारी पनि सिर्जना गर्ने बताए ।

यसैगरी नेपाल शिक्षक महासंघका सचिव तथा अखिल क्रान्तिकारी शिक्षक संगठन चन्द्रनगरका अध्यक्ष राम कुमार रायले शिक्षकको तर्फबाट १ सय विरुवा रोपिने घोषणा गरे । मोलवी अली हसनले यक्ष दह उद्यान निर्माण जनअभियान उदाहरणीय कार्य भएको बताए ।

गाउँपालिकाका अनुसार यो अभियान नाढीमन ताललाई पर्यटकीय तथा सांस्कृतिक केन्द्रको रुपमा विकास गर्न दिशानिर्देशक साबित हुनेछ। कार्यक्रमले स्थानको ऐतिहासिकता, मौलिकता तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै स्थानीय विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी