डेभिड शंकरको हजुर नै हो….

काठमाडौं । गायक डेभिड शंकरले आफ्नो स्वरमा नयाँ गीत हजुर नै हो…को भिडियो यती बेला दर्शकमाझ ल्याएका छन् । यो गीतमा गायक डेभिडलाई नारी स्वरमा गायिका अनु चौधरीले साथ दिएकी छिन् ।

यो गीत क्षितिज सापकोटाले लेखेका हुन भने यसमा संगीत र संगीत संयोजन दीपकराज विश्वकर्माको रहेको छ । यो गीतको भिडियोलाई गीतकार क्षितिज सापकोटाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री लुनिभा तुलाधरले अभिनय गरेका छ । विपिन र लुनिभालाई यो गीतको भिडियोमा दम्पतीको रूपमा प्रस्तुत गरिएको । दाम्पत्य सम्बन्धमा नयाँ शिशुको आगमन हुने भएपछि उनीहरूको देखिको खुसीलाई भिडियो कथामा प्रस्तुत गरिएको छ ।

प्रमोद कार्कीको डिओपी रहेको यो भिडियोलाई भूपेन्द्र थापामगरले छायांकन गरेका हुन् । जसमा विकास दाहालको सम्पादन रहेको छ भने भिडियोको निर्देशक नरेन भट्टराई हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित