काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई गणतन्त्र दिवस मूल समारोह तयारी समितिबाट हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । तयारी समितिको बैठकमा आमन्त्रण गर्दा पनि नआएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बालेन सहभागी भएका थिएनन् । आगामी १५ जेठमा आयोजना हुने गणतन्त्र दिवस मुल समारोह आयोजनाका लागि ओलीको संयोजकत्वमा गठित समितिमा बालेन पनि सदस्य छन् ।
बैठकमा ओलीले गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा सहभागी नहुनेलाई आगामी दिनमा नबोलाउन ओलीले निर्देशन दिए ।
ओलीले बालेन निरन्तर बैठकमा अनुपस्थित रहने गरेकामा तीव्र विरोध गरे । ‘उहाँ पटकपटक यस्तो राष्ट्रिय महत्वको निर्णय गर्ने बेलामा अनुपस्थित रहनुहुन्छ भने अब यो समितिमा राख्नुको औचित्य हुँदैन’, ओलीले भने ।
सम्बन्धित समाचार











