गुल्मीमा क्वारेन्टाइनबाट घर फर्किएका व्यक्तिमा कोरोना संक्रमण

गुल्मी । क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङस्थित ५२ बर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनी जेठ ११ गते भारतबाट आएका थिए । दिब्रुङस्थित शारदा माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका उनको आरडिटी परिक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि पिसिआर परिक्षणको लागि उनको स्वाब संकलन गरिएपनि लामो समयसम्म पनि रिपोर्ट नआउँदा चन्द्रकोट गाउँपालिकाले रिपोर्ट नेगेटिभ आएको जानकारी परिवारलाई गरायो । अनि असार १५ गते उनी क्वारेन्टिनमुक्त भए । तर क्वारेन्टिनमुक्त भएको दुई दिनपछि आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छिमेकी सागर अर्यालले बताए ।

उनी क्वारेन्टिनमुक्त भएपछि उनको परिवारको साथसाथै गाउँ–टोलका मानिसहरुसँग समेत सम्पर्कमा आएको अर्यालले बताए । गाउँपालिकाले हचुवाको भरमा नआएको रिपोर्टलाई नेगेटिभ आएको झुटो जानकारी गराउँदा सिङ्गो गाउँ नै असुरक्षित हुन सक्ने बताए । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले उक्त पुरुषलाई बुधबार अर्थात असार १७ गते साँझ कोरोना पुष्टि भएको बताए । त्यसरी संक्रमित व्यक्ति गाउँमा घुलमिल हुँदा संक्रमणको जोखिम हुने भएकोले सचेत रहन उनले आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले गाउँपालिकाको तर्फबाट पिसिआर रिपोर्टको सुचना प्रवाह’bout आफुलाई जानकारी नभएको तर नेगेटिभ आएको सुचना प्रवाह गर्नु गलत भएको बताए । तर उनले स्वाब संकलन गरेपनि कुनै लक्षण नदेखिएकालाई निश्चित समय पुगेपछि पिसिआर रिपोर्ट नआउदैँ पनि घर पठाउन सकिने संघिय सरकारको कार्यविधिअनुसार उक्त पुरुषलाई घर पठाइएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?