१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर काटेपनि समाजसेवा गर्ने उनको इच्छा भने अझै कटेको छैन ।

२०२८ सालमा व्यक्तिगत खर्चवाट गाउँमा मूर्तीमहेश्वर मन्दिर बनाएका बराल अहिले पनि बृद्धभत्ताको आधा रकम त्यही मन्दिर संरक्षणमा खर्चिदै आएका छन् । सानै उमेरदेखि सामाजिक काममा रुचि राख्ने बराल अझै पनि समाजलाई केही सहयोग पुर्याउँन चाहेको बताउँछन् । उनी भन्छन्, ‘कहिलेसम्म बाचिन्छ टुंगो छैन । बाचुन्जेल सामाजिक काम गर्ने रहर छ ।’
सोमबारबाट १०५ बर्ष प्रवेश गरेका उनमा अहिलेसम्म कुनै गम्भीर स्वास्थ समस्या देखिएको छैन । उनी अहिले पनि गाउ टोलमा हुँने धार्मीक र सामाजिक कार्यक्रमहरूमा आफै हिडेर जाने गरेको नातिनी सुस्मा ढकालले जानकारी दिइन् । २ छोरा र ९ छोरीका वुवा चन्द्रबहादुरका ५८ जना नातीनातिनी र ७२ जना पनाती पनातीनी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा ३ लाख ६० हजार बढी मतदाता