किसानलाई गहुँ भित्र्याउने चटारो

बैतडी । बैतडी सहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरु आ–आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् ।

अरु बर्षको तुलनामा यसबर्ष गहुँबाली सप्रिएको किसानले बताएकाछन् । यसपाली समयमा बर्षा हुदाँ र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया ४का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछी बजारबाट किन्नु नपर्ने अवस्था रहेको रहेको उनले बताइन् ।

बिगतमा सिंचाईको अभावले गहुँबाली बिग्रिने गरेकोमा यसपाली भने बर्षाका कारण सबै ठाउँका किसानले आफ्नो खेतमा छरेको गहुँबाली सप्रिएको पुर्चौडी नगरपालिका–६ दहतालका राम बोहराले जानकारी दिए ।

किसानको गहुँबाली सप्रीएपछि किसान खुसि हुदैँ खेतमा गहुँ भित्र्याउन लागेको सिगास गाउँपालिका–९ चौखामका मुरधीधर अवस्थीले बताए ।

विभिन्न समयमा किसानहरुले आफ्नो खेतमा लगाएका कृषि उपजहरु असिनापानीले नष्ट गर्ने भएपनि यसपाली निकै कम क्षति भएको पञ्चेश्वर गाउँपालिका ४का नरेन्द्र चन्दले बताए । उनले भने, ‘कहिले बेमौसमी बर्षाका कारण बालिनाली बिग्रन्छ । कहिले भित्र्याउन ठिक्क भएको बालीनाली बिग्रन्छ । तर यसपाली सबैकुराको अनुकुलता मिलेकाले गहुँबाली सप्रिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न