दशौं नेपाल लिटरेचर फेस्टिभल पोखराबाट सुरु

पोखरा । बुधबारबाट पोखारोको लेकलाईटमा नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण सुरु भएको छ । करिब दुई सय वक्ता र हजार सहभागी भएको फेस्टिभलको पहिलो दिन विभिन्न कार्यक्रम आयोजना गरियो ।

उद्घाटनमा बोल्दै नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले,‘सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको छ। यस क्रममा सहयोग पु-याउने सबैप्रति म आभारी छु। वर्ष बित्दै जाँदा यस फेस्टिभलको महत्त्व एक पर्वको रूपमा बढ्दै जाँदा निकै भावुक महसुस हुन्छ ।’

उनले गण्डकी प्रदेश, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायत सरोकारवाला निकायहरूले फेस्टिभल प्रति अपनत्व ग्रहण गरिदिए यस कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सकिने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले। उनले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए र आफूहरू सधैँ साथ दिन तयार रहेको बताए। प्रमुख अतिथि रहेका उनले यसअघिका फेस्टिभलमा प्रदीप गिरिहरूजस्ता वक्ताहरूले दिएको भाषण र संवादलाई पनि सम्झिए । उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले आफ्ना विचारहरु सुनाए ।

“सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ। जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्,“ उनले भने।

त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्त्व’bout चर्चा गरे। गण्डकीको भाषा, संस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए ।

पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग “घरबाट स्कुलसम्म“ शीर्षकमा फिशटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे ।

एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाई छ । उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन् ।

कार्यक्रममा फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय समेत उक्त कार्यक्रममा लोकार्पण गरियो । कार्यक्रममा सङ्गीतकार गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे । त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा