ओलीलाई भाइरल ज्वरो

काठमाडौं । भाइरल ज्वरोका कारण नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’

आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना समेत दिए । ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन ।’ अध्यक्ष ओलीले भनेका छन् ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं, तपाईंको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनु हुन तनहुँ–१, चितवन–२ र बारा–२ का आममतदाता समक्ष म विनम्र आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तिनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेखेका छन् ‘स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंलाई भेट्न आउने नै छु, तिनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष