सेयर बजार ६३.३४ अंकले बढ्यो

काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ ।

खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।   

मौद्रिक नीतिमार्फत सेयर बजारलाई राहत दिने घोषणा गरिएको छ । जसअनुसार सेयर धितो कर्जामा विद्यमान जोखिमभार घटाइने भएको छ । यस्तै, ब्याजदर घटाउँदै जाने नीति पनि लिइएको छ । यही कारण आइतबार सेयर बजारमा उत्साह थपिएको हो । 

यस दिन २६६ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ज्योति विकास बैंक र ग्लोलब आइएमई बैंक परेका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित