सुटकेसकै रहस्यमा द रेड सुटकेसको ट्रेलर

काठमाडौँ । एक युवाले एयरपोर्टबाट गाडीमा रातो सुटकेश लिएर गाउँतिर लाग्छ । तर बाटोमा त्यही सुटेक अर्कोले घिसारेर जँगलतिर लागेको हुन्छ । आखिर त्यो रातो सुटकेश कस्को हे र त्यसमा के छ भन्ने कौतुहलता जगाउने चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ । अहिलेसम्म आधादर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा अवार्ड जितिसकेको यो चलचित्र अब नेपालमा नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज गरिने भएको छ ।

निर्माण संस्था आईसफल प्रोडक्सनको ‘आईसफल प्लस’ युट्युव च्यानलबाट यसको ट्रेलरलाई सार्वजनिक गरिएको छ । ट्रेलर २ मिनट १० सेकेन्ड लम्बाईको छ । ट्रेलरमा त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टबाट रातो सुटकेस आफ्नो गाडीमा राखेर सौगात मल्ल गाउँतर्फ गएको देखिन्छ । बाटोमा उनले एकछिन पनि गाडी छाड्दैनन् । यही सुटकेश लिएर अर्को युवा प्रविण खतिवडा जँगलमा हिँडेको देखिन्छ । आखिर यी दुई सुटकेस एउटै हुन की फरक हुन भन्ने जिज्ञासा यो ट्रेलरले उठाएको छ ।

टिजर जस्तै यो चलचित्रको ट्र्ेलर पनि चलचित्रको कथा र कथा वाचनको शैली प्रस्तुत गरिएको छ । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलाई ट्रेलरमा समेटिएको छ । यो चलचित्रको ट्रेलर कथा बाचन शैलीमा तयार गरिएको छ । टिजर जस्तै यो चलिचत्रको ट्रेलरमा पनि छायाँकन, ध्वनि र रङको गज्जब सम्मिश्रण देख्न सकिन्छ ।

चलचित्रको ट्रेलर रिलिज समारोहमा अभिनेता सौगात मल्ल, प्रविण खतिवडाले सिनेमाको कथा बैदेशिक रोजगारीको प्रसँगमा जोडिएको बताए । बिगतका व्यबसायिक सिनेमा भन्दा यसमा काम गर्दा केही फरक अनुभव भएको उनीहरुको कथन थियो ।

यो चलचित्र गत सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको थियो । त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड पनि यो चलचित्र जितेको थियो । सो फेस्टिबलमा छानिएको यो दोश्रो नेपाली चलचित्र हो । यस अघि दिपक रौनियारको चलचित्र ‘ह्वाईन सन’ सो महोत्सबमा चयन भएको थियो । द रेड सुटकेशले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । यस्तै यस चलचित्रले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।

फिडेल देवकोटाले जर्मनीबाट भिजुअल एन्थ्रोप्लोजीमा विधावारिधी गरेपछि यो चलचित्र निर्देशन गरेका हुन्,‘नेपाली समाजबाट युवाहरु बिदेशित अहिलेको जस्तो अबस्था छ । त्यसलाई मैले यथार्थसँग नजिक रहेर यो चलचित्रमा उतारेको छु ।’ निर्देशक देवकोटा ट्रेलर रिलिजका क्रममा भने ।

अन्तराष्ट्रिय महोत्सबमा यो चलचित्रले धेरै अवार्ड जितेको र यहाँका दर्शकले यसलाई हेर्ने चाहना व्यक्त गरेको यसका निर्माता रामकृष्ण पोखरेलले बताए । उनले यसलाई दुर्लभ नेपाली चलचित्रको रुपमा व्याख्या गरे । यो शैलीको नेपाली चलचित्र कमै बन्ने उनको भनाई छ ।

यो चलचित्रको प्राविधिक कार्य श्रीलँका र भातरमा गरिएको हो । यसको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकारमा सुसन प्रजापति छन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस