युवा सीप वर्ष २०८१ घोषणाको तयारी, नीतिगत बहसमा जुट्दै युवा

मकवानपुर । आर्थिक मन्दीको समस्याले युवा आजित छन् । संभावना र अवसरको खोजि जारी छ । स्वदेशमै रहेर कहाँ कसरी कति लगानी गर्ने वा विदेशीने ? दोधारमा रहेका युवाहरुले राज्यको तर्फबाट के गर्दा होला ? यि सवालमा बहस गर्दै सुझाव दिन र युवा सीप वर्ष २०८१ घोषणाको तयारी भएको छ ।

बागमती प्रदेश युवा परिषदको नेतृत्वमा यस्तो बहसको लागि ३ दिने युवा सम्मेलन गर्ने भएको छ । सम्मेलनपछि युवा सीप वर्ष २०८१ घोषणाको तयारी भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो ।

‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको भएको छ । कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने र बाँकी रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको परिषदका उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।

१० वटा क्षेत्रमा १०० पेशाका सीप सिकाइ, सीप परीक्षण पश्चात् टेवा पुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार छ । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिई सीप परीक्षण सहितको व्यवस्था गरिएको छ ।

स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरूको समन्वयमा सञ्चालन गरिने र तालिम पश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने उपाध्यक्ष चौलागाईले बताए । विगतका तुलनामा केही फरक शैलीका तालिम प्रदान गरिने उनको भनाइ छ ।

परिषद १० हजार बढी युवाबाट तालिमका लागि प्रस्ताव आएको र सोमध्ये अधिकांशले ट्रेन्डिङ कै तालिम माग भएको छ । जसमा सिलाई, बुनाइ, ब्युटीपार्लरलगायत छन् । सीप परीक्षण नहुने र पाठ्यक्रम नभएकाले फरक र आवश्यकता अनुसारको तालिम सञ्चालन गर्न कठिन छ ।

आइटी क्षेत्रका केही विषयमा तालिम सञ्चालन गर्ने तयारीमा रहेको उनको भनाइ छ । विशेष गरी ग्राफिक्स डिजाइन, फोटोसप, इम्ब्रोइडरीलगायतका नयाँ विधामा तालिम सञ्चालनको तयारी भइरहेको उनले प्रस्ट पारे । कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने र बाँकी रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।

सम्मेलन यस्तो हुनेछ
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । परिषदले प्रदेश युवा नीति–२०७९ तयार पारेसँगै प्रदेशमा युवाका क्षेत्रमा काम गर्न सहजता मिलेको उपाध्यक्ष चौलागाईले बताए । युवाहरूको आवश्यकता, माग, उद्यमशीलतालगायतका विषयमा काम गर्न नीतिगत रूपमा सहजता मिलेको उनले बताए ।

परिषदले गत वर्ष पनि युवा सम्मेलन गरेको थियो । उक्त सम्मेलनले तयार गरेको ११ बुँदे घोषणा पत्र मध्ये ७ वटा विषय प्रदेश सरकारले कार्यान्वयन गरेको चौलागाईले बताए ।

युवा सम्मेलनमा २०० भन्दा बढी युवाको सहभागिता रहनेछ । विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका युवाको सहभागिता रहने उपाध्यक्ष चौलागाईले बताए । सोही नीति अनुसार परिषद्ले युवा सम्मेलनको तयारी गरेको चौलागाईको भनाइ छ । युवा सम्मेलन क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने उनले विश्वास व्यक्त गरे । युवा पुस्तामा चरम निराशाका बिच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उनले बताए ।

सम्मेलनमा सहभागीहरूको आवास र खानाका लागि २० लाख रुपैयाँ खर्च हुने चौलागाई बताउँछन् । अन्य सम्पूर्ण काम स्वयंसेवक मार्फत गरिने उनले बताए । कार्यक्रममा सहभागी हुने वक्ता तथा सहजकर्ताको सेवा सुविधामा रकम खर्च नगरिने उनको भनाइ छ ।

को हुन्छन् सहभागी हुनेछन्, के के कार्यक्रम हुनेछन ?
२०० भन्दा बढी युवाको सहभागिता रहने सम्मेलनमा विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका युवाको सहभागी हुनेछन् । जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइनेछ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइने छ । सरोकारवाला निकायको सिफारिसमा पनि केही युवालाई सहभागी गराइने उनको भनाइ छ ।

सम्मेलनमा विभिन्न कार्यशाला र प्रस्तुति रहने छ भने युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरिने छ । सम्मेलनका विशेष गरी ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ । विशेष गरी शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा सम्मेलन अवधिभर विभिन्न चरणमा छलफल गरिनेछ । युवा लक्ष्यित व्यावहारिकता र प्रयोगात्मक शिक्षा प्रणालीको विकासका लागि बहस गरिने छ ।

‘शिक्षाः कहाँ छ समस्या ?’ भन्ने विषयमा डा. विश्वनाथ कोइराला र सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले बहस तथा अन्तरक्रियामा सहजिकरण गर्नेछन् । यसैगरी सोही सेसनका लागि बाल शिक्षामा पीएचडी गरेकी मिनाक्षी दाहाल प्यानलिष्टमा रहने तयारी भएको छ ।

विद्यालय शिक्षा, पाठ्यक्रम, व्यावहारिकता र जीवनोपयोगिताको सवालमा शिक्षा र सोको समस्याका विषयमा छलफल गरिने चौलागाईले बताए । शिक्षित बेरोजगार उत्पादन भइरहेको अवस्थामा सोको समाधानमा राज्यले खेल्नु पर्ने भूमिका र पहलहरूका विषयमा छलफल गरिने उनको भनाइ छ ।

नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा पनि विशेष प्रस्तुति रहने छ । उनका अनुसार नवप्रवर्तन र उद्यमशीलता नीति र निरन्तरता विषयमा सरकारले गरिरहेका पहल, निजी क्षेत्रको प्रयास र युवाहरूको भूमिका तथा उपयोगमा छलफल गरिने छ ।

यसैगरी डिजिटल साक्षरताका विषयमा विशेष प्रस्तुति हुनेछ । डिजिटल साक्षरता प्रविधि अवसर र सम्भावना विषयमा रहेर अवसर, सदुपयोग र चुनौती लगायतमा छलफल हुने चौलागाईले बताए । डिजिटल साक्षरताको अभावका कारण प्रविधिको दुरुपयोग बढ्दो क्रममा रहेको र त्यसले समाजमा नकारात्मक असर थपिएको हो। बढ्दो प्रविधिको प्रयोगले रचनातमक क्रियाकलाप तथा कामलाई कमजोर बनाइरहेकाले त्यसको सकारात्मक प्रयोगमा छलफल हुनेछ ।

कार्यक्रममा नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा पनि विशेष प्रस्तुति रहनेछ । नवप्रवर्तन र उद्यमशीलता नीति र निरन्तरता विषयमा सरकारले गरिरहेका पहल, निजी क्षेत्रको प्रयास र युवाहरूको भूमिका तथा उपयोगमा छलफल हुनेछ ।

राज्यका नीति नियम र राजनीतिप्रतिको चरम निराशालाई सम्बोधन गर्न सम्मेलन प्रभावकारी हुने अपेक्ष गरिएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् ्। यस अन्तर्गत संघीय सांसदहरूलाई हेटौँडा ल्याएर युवामाझ छलफल गराउने कार्यक्रम रहेको चौलागाईले बताए । युवाहरूको राजनीतिक चेत, सहभागिता, नीतिगत सुधारका विषयमा रहेका समस्या समाधान गर्न प्याकेजमा निराकरणको उपाय खोजिने र नेपालको सम्भावनालाई बहसमा उतार्ने तयारी रहेको छ ।

सो बहसमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सचेतक सुशीला थिङ, माओवादी केन्द्रका सांसद माधव सापकोटा र रास्वपाका मनिष झा सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित