सुनसरीबाट मध्य राती एक क्विन्टल गाँजा बरामद

बिराटनगर । सुनसरीबाट मध्ये राती एक क्विन्टल गाँजा बरामद गरिएको छ। मंगलबार राती सुनसरीबाट एक क्विन्टल गाँजा बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगँज, बोर्डर आउट पोस्ट साहेबगँज र हर्बेनिको संयुक्त टोलीले सुनसरी जिल्ला बर्जु गाउँपालिका-४ स्थित हसनपुरबाट बेवारिसे अवस्थामा बरामद गरेको गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीका अनुसार गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा तीन वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको जनाएको छ।

पछिल्लो केहि समय देखि कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् । कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ।

प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको बेला एम्बुलेन्सले भने गाँजा बोक्ने साधन बनिरहेकाले अब सडकमा गुड्ने सबै एम्बुलेन्सहरुलाई नियन्त्रणमा लिई कडाईका साथ चेकजाँच गर्नुपर्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिनभर छलफल तर जुटेन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साकार हुँदै जित्नैपर्ने दबाब