सुन र पैसाको लोभमा सिलौटोले हानेर आमाको हत्या

काभ्रेपलाञ्चोक । जिल्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको रोशी गाउँपालिका-३ भञ्ज्याङगाउँ बस्ने ६९ वर्षीया माइली लामाको हत्या गरेको आरोपमा उनका २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार फुर्साङले कोठामा सुतिरहेकी आमाको सुन र पैसाको लोभले सिलौटोले हानेर अचेत बनाएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे बताइन । अचेत बनेकी आमालाई पुन: झ्याल र ढोकाको आग्लो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी खड्काले बताइन् ।

आमाको हत्या गरेर फरार रहेका फुर्साङलाई कात्तिक १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘आफूसँग भएको चौध सय रुपियाँबाट काठमाडौँको कोठाको भाडा तिर्न नपुग्ने र आफूलाई चाहिने खर्च नटर्ने भएपछि खाना खाएर सुतेकी आमालाई लोहाेरोले दुई पटक त्यसपछि झ्यालको आग्लोले हानेको र झ्यालको आग्लो भाँचिएपछि ढोकाको आग्लोले हानेर हत्या गरेको पाइएको छ’, एसपी खड्काले भनिन् ।

आमाको हत्या आरोपमा पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपियाँ र २०६९ सालमा आमाको कानमा लगाएको रिङको बिल फेला पारेको एसपी खड्काले बताइन । उनले घटनाको अनुसन्धान गर्ने क्रममा फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ फेला पारेको बताइन ।

प्रहरीले घटना’bout थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्‍न अनुमति पाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी