मौरी पालनतर्फ आकर्षित बन्दै बझाङका कृषक

बझाङ । मुढे घारमा मौरीपालन ब्यावसाय गर्दै आएका मौरी पालक ब्यावसायीहरु पछिल्लो समयमा आधुनिक घार मार्फत मौरीपालन ब्यावसाय गर्न सुरु गरेका छन् । शिक्षा र जनचेतनाको अभावका कारण परम्परागत शैलीमा ब्यावसायी गर्दै आएका किसानहरु पछिल्लो समयमा आधुनिक तरीकाले ब्यावसायी गर्न सुरु गरेका हुन् । जिल्लाका धेरै कृषकहरु अहिले पनि परम्परागत शैलीमा अर्थात मुढे घारमा नै मौरी पालन ब्यावसायी गर्दै आएका छन् ।

तर मष्टा गाउँपालिकाका किसानहरुले भने पछिल्लो समयमा आधुनिक तरीकाले मौरीपालन ब्यावसाय गर्न सुरु गरेको छन् । बर्षौ देखी मुढे घारमा नै मौरी पालन गर्दै आएको बताउने मष्टा गाउँपालिका वडा नम्बर ३ भण्डारी गाउँका राजेन्द्र खड्काले, परम्परागत शैलीमा मौरी पालन गर्दा खास्सै फाईदा नभएको सुनाए ।

आधुनिक घारमा मौरी पालन ब्यावसाय गरेपछी आफुहरुलाई निकै फाइदा भएको बताउदै, आधुनिक घारको विषयमा कुनै पनी जानकारी नभएका कारण आफुहरु परम्परागत शैलिमा नै मौरी पालन गर्दै आएका थियौ । पछिल्लो समयमा मष्टा गाउँपालिका र साहारमा नेपाल संस्थाले यहाँका कृर्षकहरुलाई यस सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेर जानकारी गरेपछी आफुलाई निकै फाइदा भएको बताए ।

आफुसँग अहिले पनी ८० वटा मौरीको गोला रहेको बताउदै , उनले आधुनिक तरीकाले मौरी पालन गर्ने हो भने , आफ्नो परिवारका कुनै पनी सदस्यले रोजगारीको खोजीमा भारतका शहरमा पस्न नपर्ने अनुभुति आफुलाई भएको सुनाए । उनले भने, ‘घरमा अन्य आयस्रोतको कुनै पनी माद्याम छैन । यहि मौरी पालन ब्यावसाय बाट नै सम्पुर्ण छोरा छोरीको लालन पालन देखी घरायसी खर्च र पढाई खर्चको जोहो गर्नु पर्ने बाध्यता छ ।’

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसद् बजगाईंविरुद्ध मन्त्री पाण्डेले दिए उजुरी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित