रिमै सुरु, दयाहाङ र रिस्मा फेरीसँगै

काठमाडौं । कबड्डी शृंखलामा अभिनेता दयाहाङ राईसँगै काम गरेपछि अभिनेत्री रिस्मा गुरुङ त्यसपछि विवाह सम्बन्ध बाँधिईन् । यिनै अभिनेत्री आधा दशकपछि फेरी दयाहाङसँग नयाँ चलचित्रमा अभिनेत्रीको रुपमा फर्किएकी छिन् । मँगलबारबाट छायाँकन सुरु भएको चलचित्र ‘रिमै’मा यी दयाहाङ र रिस्मा जोडी बनेका छन् ।

लामो समयपछि चलचित्रमा आउँदा निकै रमाईलो लागेको रिश्माले बताएकी छिन् । यता दयाहाङ पनि चलचित्र छिरिङको छायाँकन सकेर एक महिनाको तयारी पछि यो चलचित्रमा जोडिएका हुन् ।

यो चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरिरहेका छन् । चलचित्र रिमैको मंगलबारबाट गोरखाको सिरानचोकदेखि छायाँकन सुरु गरिएको छ । छायाँकन अघि मंगलबार बिहान यो चलचित्रको शुभमुहूर्त गरियो । चलचित्रको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएको पनि उनले बताए ।

चलचित्रको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन गरिने पनि निर्देशक गुरुङले जानकारी गराए । यो चलचित्रमा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरवल घले, डिवी गुरुङलगायतका कलाकारको अभिनय रहनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

उपेन्द्र सुब्बाको लेखन रहेको यो चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायांकन रहने छ । चलचित्रमा बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङ सम्पादक रहने छन् । सिनमालाई आरआर फिल्मले वितरण गर्नेछ ।

गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुँदै गरेको यो चलिचत्रमा वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले पनि निर्माता रहेका छन् । जसमा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्बिरोध

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते