माओवादी अध्यक्ष दाहालको फेरि एकपटक प्रधानमन्त्री हुने चाहना

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना राखेका छन् ।

नेपाल पर्वतारोहण सङ्घले आज (शुक्रबार) काठमाडौंमा गरेको कार्यक्रममा उनले देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै फेरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए ।

‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखापरेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ,’ उनले भने, ‘किनकि मेरै नेतृत्वमा हजारौँ नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति ।’

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि बिपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरे ।

उनले भने, ‘पहिलो चोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो । यो सपना हो कि बिपना हो भनेर विचार गर्दागर्दै ९ महिना बित्यो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ ।’

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हामी धर्मनिरपेक्ष हौं !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?