बेसीशहरमा सुन चोरीको घटनामा संलग्न भएको आरोप युवती पक्राउ

लमजुङ । जिल्ला सदरमुकाम बेसीशहर क्षेत्रबजार पटक पटकभएकाकरिब २३ तोला सुन चोरी घट्नामा संलग्न एक युवतीपक्राउ परेकी छन् । बेसीशहर बजार क्षेत्रमा केहीमहिना अघिले हुँदै आउकासिलसिलेवार सुन चोरीका घट्नामा संलग्यनभएको अभियोगमा बेसीशहर नगरपालिका– ८ सेरा टोलकी २७वर्षीया सुजा घिमिरेलाई जिल्लाप्रहरी कार्यालय, लमजुङले पक्राउ गरेको हो ।

गत बैशाख २५ गते जिल्लालमजुङ बेसीशहर नगरपालिका– ७ र ८ मा सुन चोरीका घट्नाहुँदै आएकाथिए । गत साउन ३० गते दिउँदै जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ७ न्यू ईरा बोर्डिङ स्कुलनजिकैको एक बाट करिव १२ तोला बराबरको सुनकाविभिन्न गरगहनाहरू चोरी भएकाथिए ।

आरोपित सुजा घिमिरेले लुकाई राखेको अवस्थामाउनले चारी गरेका सुनका केहीथानगहना समेत बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरेकागहनाहरूमा रानीहार– २ थान, सुनको वाला– २ थान, सुनको रातो पत्थर जडित औठी– २ थान, सुनको औठी– २ थान, सुनको सिक्री– १ थान, सुनको टप– ४ थान, सुनको पत्थर जडित टप– २ थान, सुनको गणेशको मुर्ती लकेट– १ थान, सुनको झुक्का– २ थान रहेको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनकाअनुसार नियन्त्रणमा लिइएकीनिज घिमिरेलाई लमजुङ जिल्ला अदालतबाट पाँचदिनको म्यादथपअनुमतिलिई निजउपर चोरी सम्बन्धी कसूरमाथप अनुसन्धानथालिएको छ ।

एक गैससको राम्रो पदमाजागिर खाएकीउनले सोकीकार्यालयकाआफ्ना साथीहरूसमेत ७÷८ जनालाई पीडित बनाइसकेकी र धेरैले आफूहरूका सुनकागहनाचोर्ने उनै हुन् भन्ने अड्कल गरे पनिमुखखोल्न नसकेको स्थिति रहेको बताइएको एक पीडितले नाम नछाप्ने सर्तमाबताइन् ।

उनीअविवाहितभएको र डाक्टरसँगविवाहहुने तयारी रहेको परिवार स्रोतबाट बुझिनआएको छ ।

पछिल्लो समय चोरी घटनाहरू बढ्दै गएकोमाजिल्लाप्रहरी कार्यालय लमजुङले चोरी गर्ने कार्यमा संलग्नव्यक्तिहरूको खोजतलास एवं आशंकितव्यक्तिहरू उपर निगरानी राखी सुक्ष्म रुपमा अनुसन्धानगर्दै जाँदा बेसीशहरकातीन स्थानहरूमा करीब २३ तोला सुनकागहनाको चोरीमा घिमिरे संलग्नभएको खुल्नआएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयकाती घट्नाको प्रारम्भिक अनुसन्धानमाउनीमात्र संलग्नभएको पाइएको छ ।

तर बेसीशहर क्षेत्रमा सुनकागहना हराउने शृंखलालामो समयदेखि चल्दै आएको हुँदात्यो चोरीका घट्नामाउनै संलग्नभएको आंकलनगरिए पनि सबै तथ्यखुल्नबाँकी छ । गहना हराएकाहरूको उजुरी चारवटा प्राप्तभएको र अन्यउजुरी आउने सम्भवना रहेको समेत जिल्लाप्रहरी कार्यालयले जनाएको छ । त्यसैले चोरीबाट संकलितगहनाउनले मात्रउपयोग गरेकीथिइन् भन्ने पत्याउने अवस्थानभएको जानकारहरू बताउँछन् । तर प्रहरीले ती काण्डको अनुसन्धानमा के कतिगहिराईमापुग्ने हो ?आमचासोको विषयबनेको छ । जिल्लाप्रहरी कार्यालकाअधिकारीहरूको परीक्षा सुरु भएको जानकारहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती