प्रशोधनभन्दा उत्पादनमा जोड देऊ

नेपालको आर्थिक अवस्थामा पछिल्लो समयमा सुधार भएको संकेत मिलेको भनी प्रक्षेपण गरिए पनि यो सुधारको संकेत लामो समय टिक्न सकेन । निर्यात व्यापारमा कमीका कारण यसको टिकाउ र दीर्घकालीन प्रभाव देखिएको छैन । त्यसो त यो निर्यात व्यापार सामान आयत गरेर प्रशोधन गरी पुनः निर्यात गर्दा हुन गएको मात्र हो ।

आफ्नो उत्पादन होइन । त्यसैले यसले न त आर्थिक सुधारको दीर्घकालीन आयामलाई टेवा पु¥याउँछ, न त तत्कालका लागि भरपर्दो पनि हुन सक्छ । किनकि, आयात गरेर निर्यात गरिएको सामन विश्व बजारको माग र पूर्तिका कारण दोलायमान हुन्छ । कति बेला के हुने हो, थाहा नै हुँदैन । यो भनेको अनिश्चितताको भुमरीमा खेल्नु र रम्नु जस्तै हो ।

यसलाई, त्यसैले पनि होला, अर्थविद्ले ‘फुलेको बेलुन’का रूपमा व्याख्या गर्दै आइरहेका छन् । नेपालले भारत र अन्य देशबाट पाल्म, तोरी र भटमास आयात गरेर स्वदेशमा प्रशोधन गरी निर्यात गर्ने गरिरहेको छ । यो पनि निरन्तरतामा छैन, उतारचढाव छ ।

नेपालको आफ्नै उत्पादन नभएकाले पनि प्रशोधन निर्यात व्यापारमा दिगो हुन सक्दैन । यसको परिणाम नेपालले गत वर्ष नै भोगिसकेको छ । निर्यात व्यापार गत वर्ष २१ दशमलव ४ प्रतिशतले घटिसकेको छ । रुस–युक्रेन युद्धका कारण शिथिल देखिएको दक्षिण एसियाको बजारले पनि नेपालको निर्यात व्यापार प्रभावित हुन गएको छ ।

विदेशी मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै मात्र पनि भारतलगायतका अन्य देशमा निकासी गरिने हुँदा त्यसबाट पुग्ने टेवा नगन्य नै हुन्छ । त्यसमाथि सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत् अन्यत्र पठाउने काम भइरहेकाले आर्थिक टेवा पुग्न नसकिरहेको हो ।

नेपालको आफ्नो उत्पादन भनेको ऊनी गलैंचा मात्र हो । यसको निर्यातले केही राहत दिए पनि सिंगै देशको घाटा त धान्न सक्ने देखिँदैन । अर्कोतिर छिमेकी देशको नीतिले पनि नेपालको व्यापार निकै प्रभावित हुँदै आएको छ । दक्षिणी छिमेकी देश भारतले तेल निर्यातमा हरबखत अवलम्बन गर्ने नयाँ नीतिले नेपालको व्यापारमा उतारचढाव आउने गरिरहन्छ ।

त्यसैले नेपालले छिमेकी तथा अन्य देशसँगको व्यापारमा के गर्दा सन्तुलन कायम हुन्छ, सो’bout गम्भीर भएर सोच्नुपर्छ । स्वदेशी उत्पादनमा ध्यान दिइएन भने नेपालको आर्थिक अवस्था अबका दिनमा ओह्रालो लागिरहने देखिएको छ । त्यसैले पनि अरू देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुनः निर्यात गर्नुभन्दा पनि स्वदेशी उत्पादनमा जोड दिनु अति जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने