लाहुरे एण्ड दाउरेको निर्देशन गदै विल्सन

काठमाडौं । हास्य अभिनेता विल्सन विक्रम राई चलचित्र निर्देशनमा उत्रिएका छन् । उनले चलचित्र ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।

यो चलचित्रम उनले मुख्य नायकको दयाहाङ राईलाई अनुबन्धित गरेका छन् ।आफ्नो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहने उनले बताएका छन् ।

यो चलिचत्रमा दयाहाङ राईसँगै बुद्धि तामाङ पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन् । विल्सनको कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुती रहने फिल्ममा आफु पनि मुख्य भूमिकामा हुने विल्सनले बताएका छन् ।

यो चलचित्र हास्यप्रधान र प्रेमकथामा आधारित हुने पनि विल्सनले बताए । फिल्मको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई छन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।

यो चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ । फिल्मको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुने पनि उनले बताए । बाँकी कलाकारको चयन गरेर आफु चाँडै छायाँकनमा जाने विल्सनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी