सर्लाहीमा अस्थायी तथा करार शिक्षक हटने, १ सय ८३ जना स्थायी शिक्षक थपिदैँ

सर्लाही । सर्लाहीमा प्राथमिक तहको अस्थायी तथा करार शिक्षक हटने भएको छ । सर्लाहीभरिमा २०७६–९–०१ पछि नियुक्त भएका सबै अस्थायी तथा करार शिक्षक हटने भएको शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीले जनाएको छ ।

शिक्षक सेवा आयोगबाट सर्लाहीका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षक उम्मेदवार १ सय ८३ जना थपने भएकोले अब देखि सर्लाहीमा ७७ जना अस्थायी-करार शिक्षक विस्थापित हुने शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । हटने शिक्षकहरु मध्ये २०७६÷०९÷०१ देखिको १७ , २०७७ को ४, २०७८ को २७, २०७९ को १६ र २०८० को १३ जना रहेको छ ।

यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार सर्लाहीको २० पालिकाहरु मध्ये अस्थायी तथा करार शिक्षकहरु सबैभन्दा बढि बलरा नगरपालिका बाट १७ जना, रामनगर गाउँपालिका बाट ८ जना, धनकौल गाउँपालिका बाट २ जना, विष्णु गाउँपालिका बाट ५ जना, गोडैता नगरपालिका बाट ५ जना, कौडेना गाउँपालिका बाट १ जना, मलंगवा नगरपालिका बाट ४ जना,ब्रहमपुरी गाउँपालिका बाट ४ जना, कविलासी नगरपालिका बाट ५ जना , हरिपूर्वा नगरपालिका बाट १ जना, बरहथवा नगरपालिका बाट ५ जना, पर्सा गाउँपालिका बाट २ जना, हरिपुर नगरपालिका बाट ३ जना, लालबन्दी नगरपालिका बाट ४ जना, वागमती नगरपालिका बाट ६ जना र इश्वरपुर नगरपालिका बाट ५ जना गरि जम्मा ७७ जना हटने भएको छ । उनिहरु २०७६-०९-०१ गतेपछिका अस्थायी- करार नियुक्त शिक्षक छन ।

सर्लाहीमा प्राथमिक तहमा सरुवा तथा अनिवार्य अवकाश भई रिक्त शिक्षक १ सय ६ जना रहेको थियो । सर्लाहीभरीमा सामुदायिक विद्यालयको संख्या करिब ७ सय रहेको छ । सर्लाहीमा शिक्षकहरुको न्युन्तम आवश्यक दरबन्दी संख्या १ हजार २ सय २१ रहेको छ ।

प्रावि तहमा २ हजार ५९ जना शिक्षक मध्ये १ हजार ६ सय ६० , अधारभुत तहमा ६ सय २८ जना जस मध्ये ३ सय ९७ जना, मावि तहमा ४ सय ५५ जस मध्ये दरबन्दी २ सय ६३ जना, उच्च माध्यमिक तह कक्षा ११ र १२ मा १ सय १४ मध्ये ८३ जना शिक्षकको मात्र दरबन्दी रहेको छ ।

२०६७ पछि राहत शिक्षक नथपिएको तथा विद्यार्थी संख्याको आधारमा शिक्षक नथपिएको हुदाँ सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षको जहिले नि अभाव भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 730 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख