एनआईसी एसिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौं । एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रिय जगत्मा नेपालको उत्कृष्ट खेल प्रर्दशन गर्ने नेपाली राष्ट्रिय महिला फुटबल खेलमा सहभागी टोलीलाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटवल खेलाडी टोलीलाई सम्मान गरेको हो ।

३१ खेलाडीलाई प्रतिव्यक्ति २५/२५ हजार रुपैयाँ प्रदान

केही समयअघि साउदी अरेबियामा सम्पन्न २०२४ वाफ वोमिन्स च्याम्पियनसिप जस्तो अन्तर्राष्ट्रिय स्तरको खेल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएकोमा नेपाली महिला फुटबल खेलाडी टिमलाई सम्मान गरेको सो बैंकले जनाएको छ ।

सोही कार्यक्रममा बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच प्रमुख राष्ट्रिय खेलाडीलाई ब्रान्ड एम्बेसडोर नियुक्त गर्ने र यस्ता विभिन्न खेलमा सहयोग गर्ने सम्झौता समेत भएको थियो । यसैगरी, सो कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

दुई पक्षबीच सम्पन्न भएको सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपाने र एन्फाका अध्यक्ष पंकजविक्रम नेवाङबीच हस्ताक्षर भएको थियो । सो कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल खेल टिमका ३१ जना खेलाडीको समूहलाई प्रतिव्यक्ति जनही २५ हजार रुपैयाँ नगद सहयोग समेत प्रदान गरेको छ ।

यसैगरी, एन्फाले आयोजना गर्ने विभिन्न खेलमा आर्थिक सहयोग गर्ने समेत सम्झौतापत्रमा उल्लेख गरिएको सो बैंकले जनाएको छ । कार्यक्रममा एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले बैंकले गरेको सहयोगको खुलेर प्रशंसा गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपाली राष्ट्रिय महिला फुटबल टिमले यसपटक निकै राम्रो खेलेको बताए । कार्यक्रममा बैंकका डेपुटी सीईओ सन्तोषकुमार राठीले नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेकाले यस बैंकले खेलाडीहरुको कदर रुवरुप सम्मानकासाथ बधाई दिएको बताए । उनले खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले नेपालको गौरव थप उचाइमा पुर्याएको बताए ।

उनले साउदी अरेबियामा सम्पन्न वाफ वुमने च्याम्पियसिप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गर्न आउँदा बैंक गौरवान्वित भएको बताए ।

खेलाडीहरुलाई थप राम्रो खेल्ने उत्प्रेरणा जगाउने उदेस्यकासाथ बैंकले सम्मान गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको सो प्रतियोगितामा उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटकासाथ खेल मैदानमा खरो उत्रिदै खेलको फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार